श्रावण ३, २०८२ शनिबार July 19, 2025

साझा र विवेकशील पार्टी मंसिर २४ गते एकीकरण हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः विवकेशील नेपाली दल र साझा पार्टीबीच पुनः एकीकरण हुने भएको छ ।  मंसिर २४ गते अपरान्ह दुई पार्टीबीच औपचारिक एकता घोषणा हुने साझा पार्टीका संयोजक रविन्द्र मिश्रले जानकारी दिएका छन् ।

अन्ततः एकीकृत पार्टीको नाम विवेकशील साझा पार्टी नै रहने अध्यक्ष मिश्रले बताए । अलग अलग स्थापना भएका दल बीचमा एकीकरण भएर पुनः विभाजित भएका थिए ।

एकीकृत पार्टीको कार्यसमितिमा दुवै तर्फका ६५-६५ जना गरी १३० जना सदस्य रहने बताइएको छ । एकीकृत पार्टीको अध्यक्षमा साझाका संयोजक रवीन्द्र मिश्र र विवेकशील नेपाली दलका अध्यक्ष मिलन पाण्डे संयोजक रहनेछन् ।

‘हामी एक हुँदैछौँ । विगतका कमजोरीप्रति क्षमायाचना गर्दछौँ,’ मिश्रले भनेका छन्, ‘तपाईंको साथले ‘विवेकशील साझा पार्टी’लाई देशको वास्तविक रूपान्तरणको संवाहक बनाउनेमा हामी विश्वस्त छौँ ।’

मिश्रले एकताका लागि प्रेरित गर्ने सबैप्रति आभार व्यक्त गरेका छन् । कार्यक्रम दुवै पार्टीका नेताहरुको फेसबुकबाट लाइभ प्रसारण हुने जानकारी दिइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
व्यावसायिक काँक्रोेखेतीमा रमाउँदै पौडेल दाजुभाइ
२०८२ श्रावण ३, शनिबार
आजको मौसम पूर्वानुमान : यी पाँच प्रदेशमा वर्षाको सम्भावना
२०८२ श्रावण ३, शनिबार
राष्ट्र बैंकले तोक्यो नयाँ विनिमय दर: डलर, युरो, रियालसहित अधिकांश मुद्रामा उतारचढाव
२०८२ श्रावण ३, शनिबार
ब्रह्मा र विष्णुले पहिलो पटक पूजा गरेको प्रथम शिवलिंगको कथा
२०८२ श्रावण ३, शनिबार
“आजको भाग्यफल: प्रेम, पद, पैसा र परिवर्तनका संकेत : कुन राशिका लागि शुभ, कसका लागि चुनौतीपूर्ण ?”
२०८२ श्रावण ३, शनिबार
झापामा एक वर्षमा एक हजार २९६ सवारी दुर्घटना, ९५ जनाको मृत्यु
२०८२ श्रावण ३, शनिबार
मुक्त कमैयाका पच्चीस वर्ष : अझै प्रतिबद्धता कार्यान्वयन भएन
२०८२ श्रावण ३, शनिबार