नेपालको संविधान २०७२ लाई लिएर मधेशमा भईरहेको असन्तुष्टी के हो खासमा ?
– मुख्य असन्तुष्टि के हो भने नेपालको राज्यले मधेशको आन्दोलनलाई सम्वोधन गर्न पहिलो पटक सन् २००७ मा सम्झौता गर्यो, दोस्रो पटक सन् २००८ मा सम्झौता गर्यो । तर त्यसका बावजुत मधेशलाई विश्वासमा नलिईकन षड्यन्त्र मुलक ढङ्गबाट संविधान जारी भयो । पहिलो कुरा नेपालका दलित, जनजाती, मधेशीहरु लगाएतलाई चाहीएको थियो संविधान तर उनिहरुको भावना विपरीत गएर संविधान जारी गर्दा यसको पक्रियामै गल्ती भयो । दोस्रो कुरा मधेशले आफ्नो सम्मान खोजेको थियो, प्रदेशको मुद्धा खोजेको थियो । दुई प्रदेश त खारेज गरिदियो यो संविधानले त्यही माथी पनि संघियतालाई पंगु बनाईदियो ।
संविधानमा भएका के-के कुरामा असन्तुष्टी हो खासमा बुदाँगत रुपमा बताईदिनुहोस त?
– यसमा भएका असन्तुष्टीहरुलाई बुदांगत रुपमा उपेन्द्र यादव, महन्थ ठाकुरहरुलाई सोध्नुस, उनिहरुलाई तपाँईहरुले मुर्ख ठान्नुहुन्छ भने त मेरो भन्ने केहीपनि छैन तर मधेशमा भएका तेती ठुला आन्दोलन त्यागहरु यत्तिकै उठेका थिएनन ।
करिव ९०% जनताले स्वीकार गरेको संविधानलाई ५/१०% जनताले अस्विकार गर्नु भनेको अलिकती स्वार्थसिद्ध भएन र ?
– तपाईले भनेको ९०% जनता हैनन, जनप्रतिनीधीहरु हुन, जनता र जनप्रतिनिधी एउटै हैनन संख्या गनेर हिसाब हुदैन तेसो त १००% मानिसहरु राजतन्त्रको पक्षमा थिए । किन राजा फाले त राजनीतीमा एउटा मुद्धा उठिसकेपछी त्यसलाई प्रतिगमन गर्न खोज्यो भने अन्त्यमा संविधानको नै औचित्य समाप्त हुन्छ ।
अहिलेको संविधान मधेशको विरोधमा छ की, मधेशको विकाशको विरोधी छ त उसोभए?
-पहिलो बुझ्नुपर्ने कुरा के छ, भने संविधान विकाश गर्न बनाईएको चिज हैन, यसको काम भनेको विधी र पक्रिया स्थापती गर्ने हो । न्याय स्थापित गर्ने, समानता स्थापित गर्ने हो । विकाश गर्न कार्यपालिका हुन्छ कार्यपालिकाले कर उठाउँछ, र विकाश गर्छ । त्यो संविधान भित्रको एउटा क्रियाकलाप हो, उदेश्य हैन । कवी लेखनाथ पौड्यालले भनेको एउटा कविता छ नी पिँजडा भित्र राखेर चरीलाई जतिमिठो खाना दिएपनि उसको मन खुशी हुन सक्दैन । त्यस्तै मधेशलाई पनि विकाश गरेजस्तो गरेर हैन की मुल्य र मान्यता स्थापित गर्नु हो । तर अहिलेको संविधान मुल्य र मान्यता स्थापित गर्न नसक्ने आधारको छ, यसको व्यवस्थामै मधेशी जनताको असन्तुष्टी रहेको छ ।
विगतको २०६४ साल र २०७० सालको चुनावमा मधेशी दल र तिनका जुन-जुन नेताहरुले जितेर आए उनिहरुले मधेशको मुद्धा भन्दापनी सत्ताको भर्याङ्ग चढ्न अग्रसर भैरहंदा मधेशको मुद्धा ओझेलमा परेको हो की ?
– मधेशमा मात्र हैन नेपालको कुन सांसदले कुन जनप्रतिनीधीले चुनावमा गरेको वाचाहरु पुरा गरेका छन् र नेपालमै नेपालको मुद्धा उठाउने राजनितिज्ञको जन्म भएको छैन । जहाँसम्म मधेशी दल र मधेशी जनप्रतिनिधीको कुरा उठाउनु भएको छ आजको प्रश्ननै यही छ, की पहाडमा चाँही कुन नेताले भनेबमोजिम गरेको छ र पहाडका नेताहरुले कहाँ भष्ट्राचार गरेका छैनन र गण्डक बेचेका छैनन् की, महाकाली बेचेका छैनन् की, सगरमाथा बेचेका छैनन् की मुर्ती बेचेर अमेरीका पुर्याएका छैनन् की पहाडको तुलनामा मधेशमा त त्यो नयाँ हो । यस्ता विकृतीहरुलाई औल्याएर समग्र मुद्धालाई नै ओझेलमा पार्न खोज्नु त फेरी अर्को पुर्वाग्रह हुन्छ ।
तपाँईपनि यो संविधानको विरोधी हुनुहुन्छ तपाँईको विरोधको कुन तरिका अपनाउनु भएको छ ?
– म त एउटा नेपालको सामान्य नागरिक हो । मैले मधेशको बारेमा मात्र कुरा उठाएको छैन, नेपालमा भएका विकृतीहरुको बारेमा पनि कुरा उठाएको छु । दलित, जनजाती, लगायत उत्पिडनमा परेका सबैको कुरा उठाएको छु । तर मलाई राज्यले मधेशी भनेर हेर्छ, मधेशी भनेर चिन्छ र मधेशको मात्र मुद्धा उठाउँछ भनेर प्रचार हुन्छ । म यो संविधानमा भएका त्रुटीहरुलाई लेखेर बोलेर सामान्य ढङ्गबाट समाजमा पछाडी परेका वर्गको हितमा बोलेको हो । कुनै पुर्वाग्रह राखेर कुनै क्षेत्रीय हिसाबले विरोध गरेको हैन । मेरो विरोध सामान्य नागरिकको हैसियत सरहनै छ ।
तराँईका दल र तिनका नेताहरु भारतबाट स्वचालित छन् भनेर नेपालमा गहिरो विश्लेषण छ यस विषयमा तपाँईको धारणा के छ ?
– यो प्रश्न पनि नेपाली मिडियामा पुर्वाग्रही नै छ, यदि भारतले मधेशको हित चाहने भए अहिलेसम्म मधेशको त्यो हालत हुन्थ्यो र राजा त्रिभुवनको पालामा सन १९९० मा भारतले नाकाबन्दी लगाएर यहाँको सरकार परिवर्तन गरेर मात्र नाका खोल्यो । यो एउटा आक्षेप मात्र हो । आक्षेप नै लगाउने हो भने त अहिलेको सरकारपनि चिनले नै बनाईदिएको हो । पार्टीको विवाद हुदां चिनको राजदुतको दौडधुप आदि ईत्यादी भनेर लगाउन सकिन्छ तर त्यो आक्षेप मात्र हो यसमा कुनै सत्यता हुदैन, प्रमाण विनाको आरोपहरुको कुनै औचित्य हुदैन ।
उसोभए मधेशी दल र तिनका नेताहरुले मधेशलाई छुट्टै राज्य बनाउने वा नेपालबाट मधेशलाई अलग गराउने भन्ने नेपालीहरुको बुझाई गलत हो ?
– एकदमै गलत हो, मधेशको मुद्धालाई कमजोर बनाउन पहाडिया सर्वसत्तावादी सोच र तिनीहरुको पुर्वाग्रही सोचभन्दा अरु केहीपनी हैन ।
तपाईले मधेशको मात्र नभएर हिमाल पहाड सबै भुभागमा उत्पिडनमा परेका आम मानिसहरुको मुद्धा उठाएको छु, भन्नुभाको छ, हिमाल पहाड तराई सबैतिरको पछाडी परेका वर्गहरुचाँही किन एकै ठाउँमा आएर आवाज उठाउँन नसकेका होलान?
– किनभने २५० वर्षदेखी हामी नेपालीहरु गरिवीको रेखाभन्दा माथी उठ्न सकेका छैनौं । यसको कारण एउटा राजतन्त्र हो, जुन समाप्त भयो । अर्को कारण भनेको वाहुनवाद हो, वाहुनवादले गर्दा उत्पिडनमा परेका जनताहरु एकतावद्ध हुन नदिन वाहुनवादले महत्वपुर्ण भुमिका खेलेको छ । विस्तारै सबैतिरबाट शिक्षा र जनचेतनाको माध्यमबाट सबै एकठाउँमा उभिएर संघर्ष गरेर सबैले अधिकार प्राप्त गर्छन् । अधिकार प्राप्तीको लागी सबै एकैठाउँमा आउने दिन आउँछ । मधेशी जनता र मधेश नेपालको हो भनेर भन्न थालेको त सन २००८ बाट मात्र हो, नत्र मधेश र मधेशी त नेपाली हैनन् भन्ने बुझाई त २५० वर्षदेखी थियो । त्यसैले एकवद्ध हुन नसकेको हो ।
वर्तमान दुईतिहाईको सरकारले तराईको मुद्वामा कत्तिको संवेदनशील भएर काम गरे जस्तो लाग्छ ?
– अहिलेका प्रधानमन्त्री भनेका नेपालमा मधेश छ, मधेशी छैनन भन्ने छन । यस्ता व्यक्त्ती देशको प्रधानमन्त्री भएर मधेशको मुद्धामा केही गर्लान भनेर कसैले आसपनी गरेका छैनन् ।
भनेपछि विगतको सरकार भन्दा पनि यो सरकारले मधेशको लागी केही गरेना?
– अहिलेसम्म नेपालमा मधेशप्रति सद्धभाव राख्ने सरकार भनेको सन २००६ भन्दा पछि बनेको गिरिजाप्रसाद कोईरालाको सरकार हो । त्यसपछि कुनैपनि सरकारले मधेशको लागी काम गरेको देखिदैंन, राजनैतिक दलका रुपमा पनि नेपाली कांग्रेस सन २००६ पछि केही खुल्ला देखिएको थियो तर उ पनि अहिले उस्तै देखिएको छ ।
स्वर्गिय गिरिजाप्रसाद कोईरालाको कुरा उठाईहाल्नुभयो, तेतिबेला गिरिजाप्रसाद कोईराला प्रधान्मन्त्री हुंदाखेरी लाखौं भारितियहरुले नागरिकता पाए भन्ने समाचार उल्लेख भएको कुरा साँचो हो?
-नागरीकता बाड्न गिरीजाप्रसाद कोईराला मधेशमा गएर बाँडेका थिएनन् । नागरीकता बाड्ने काम प्रमुख जिल्ला अधिकारीको हो । यो कुरा तथ्यपनि हुनसक्छ र यो कुरामा मधेशको मुद्धा कहाँबाट आयो गिरीजा प्रसादको कुरा कहाँबाट आयो । नेपालको नागरीकता के अष्ट्रेलिया अमेरीकाको पिआर जस्तो हो र । होला केही अपराधीहरु केही गुण्डाहरुले नागरीकता लिएर फाईदा उठाएका होलान तर यो कुरा गिरीजाप्रसाद र मधेशको मुद्धासंग जोडेर हेर्नुचाँही गलत कुरा हो ।
खण्डित रहेका मधेसी दलहरु हाल एकीकरण भए पश्चात मधेसको राजनितीमा कत्तिको फरक परेको देख्नुहुन्छ ?
– यसमा मधेशी दलहरु मात्र एकिकरण भएका छैनन, पहाडका वाउनहरु जनजातीहरु छन । भर्खर जन्मेको छ, यो पार्टीको बारेमा कुनैपनि टिका-टिप्पणी र आसा गर्दा अहिले हतार हुन्छ । जहाँसम्म एकिकरणको कुरा छ यसले कस्तो प्रभाव पार्छ भनेर केही समय हेर्न बाकीँ रहेको छ ।
हिजोआज मधेसमा पनि राजतन्त्र र हिन्दु राज्यको विषयमा प्रदर्शन भएको छ यसमा यहाँको बुझाई के छ ?
-राजाको वरिपरी रहेर फाईदा लिईरहेका केही मानिसहरुले फेरीपनि त्यही फाईदा लिनका लागी केही सलबलाएका मात्र हुन् । खासकुरो के हो भने जवसम्म समाजमा पछौटेपन रहिरहन्छ तेसमा पुरानो विधी र पक्रियामा मानिसहरु प्रभावित हुन खोज्छन । तराईमा कहिलेपनि राजाको समर्थनमा मधेशीहरु छैनन केही मन्दिर भएका ठाउँमा केही छिटफुट छन । काठमाण्डौं लगाएतका ठाउँहरुमा चाँही तेती लामो समयसम्म राज्यको संयन्त्र हातमा लिदांपनि सामान्य मात्रामा राजाको समर्थनमा मानिसको उपस्थिती देख्दा खासै असर पर्ने देखिदैन ।
आगामी दिनहरुमा जसपाले तराईमा कस्तो खालको भुमिका खेल्ला त ? भनौं अबको निर्वाचनमा जसपाले तराईमा एकाधिकार जनाउला त ?
– राजनितीमा भविष्यवाणी गर्नु भनेको मुर्खता हो । अमेरीका जस्तो सभ्य र शिक्षित मानिसहरु भएको देशमा त मुर्ख ट्रम्पलाई जिताए भने नेपालमा त के हुन्छ भनेर भन्न सकिदैंन कुनैपनी राजनैतिक दलहरुको बारेमा अहिलेनै भन्न सकिंदैन ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया