असार २१, २०८२ शनिबार July 5, 2025

अमेरिकी संसदको घटनाले स्तब्ध भएको छु : सभापति देउवा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विश्वकै शक्तिशाली र कानुनी राज्य भएको अमेरिकाको संसद भवनमा भएको हिंसात्मक घटनाले आफू स्तब्ध भएको बताएका छन् ।

बिहीबार ट्वीट गर्दै देउवाले युएस कँग्रेसमा भएको निर्लज्ज दृश्य देखेर आफू स्तब्ध भएको र सारा विश्वने यतिबेला आश्चर्यचकित भएको पनि बताए ।

उनले लेखेका छन्, ‘अमेरिकी कँग्रेसमा भएको निर्लज्ज दृश्य देखेर आफू स्तब्ध भएको छु । सत्ता हस्तान्तरण शान्तिपूर्वक हुनुपर्छ भनेर जनताले बोलिसकेका छन् । हामी अमेरिकी नागरिकको सुखद भविष्यको कामना गर्छौं ।’ उनले भने अबका दिनमा यस्तो घटना घट्दैन भन्नेमा हामी आशावादी छौं ।

राष्ट्रपति निर्वाचनको मतपरिणाम प्रमाणित अमेरिकी संसदको संयुक्त बैठक बसेका बेला बुधबार ट्रम्प समर्थकले संसद भवनमा छिरेर तोडफोड गरेका थिए ।  घटनामा ४ जनाले ज्यान गुमाएका छन् र दर्जनौं घाईते भएका छन । र केही व्यक्त्री पक्राउ समेत परेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार
इजरायली हस्तक्षेपविरुद्ध पाँच वामपन्थी दलको साझा विरोध कार्यक्रम घोषणा
२०८२ असार २१, शनिबार
राष्ट्रपतिद्वारा यू-१६ क्रिकेट खेलाडीलाई बधाई
२०८२ असार २१, शनिबार
प्रधानमन्त्री ओलीद्धारा उपाधि जित्न सफल नेपाली क्रिकेट टोलीलाई बधाई
२०८२ असार २१, शनिबार
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
२०८२ असार २१, शनिबार