असार २८, २०८२ शनिबार July 12, 2025

प्रधानमन्त्रीले गरे पूर्व लडाकूहरुसँग बालुवाटारमा छलफल – प्रचण्ड अब के गर्लान ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार पूर्व लडाकूहरुसँग छलफल गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार आयोजति छलफलमा नेकपा अध्यक्ष समेत रहेका ओलीले ‘जनयुद्ध’ मा पूर्वजनमुक्ति सेनाका कमाण्डरहरूले दिएको योगदान, त्याग, बलिदान र क्रान्तिको सपनाप्रति आफ्नो सम्मान रहेको बताएका छन् ।

तश्विरः प्रधानमन्त्री सचिवालय

अध्यक्ष ओलीले पूर्वजनमुक्ति सेनाहरुका भावना नेतृत्वले दुरुपयोग गरेको भन्दै आफूले राजनीतिक रुपमा समस्याको वास्तविक समाधान गर्ने आश्वासन दिएका छन् । उनले भनेका छन्, ‘तपाईहरु ढुक्क हुनुस्, हामी राजनीतिक रुपमा समस्याको वास्तविक समाधान गर्छौं । विगतमा जस्तो धोका पाउनु हुने छैन ।’

प्रधानमन्त्रीको प्रेस सल्लाहकार सुर्य थापाका अनुसार ओलीलाई भेट्न तत्कालीन नेकपा (माओवादी) ले सञ्‍चालन गरेको सशस्त्र युद्धका लेनिन विष्ट लगाएत कमाण्डरहरु बालुवाटार पुगेका थिए । उनीहरुले आगामी दिनमा पार्टीलाई साथ दिन सहमत भएको थापा बताए ।

प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गराएपछि सत्तारुढ नेकपा विभाजित भएको छ । ओली समूह र दाहाल-नेपाल समूहमा विभाजित नेकपा अहिले नेता, कार्यकर्ता तानातानमा छन् ।

‌ओलीले असंवैधानिक रुपमा संसद्‌ विघटन गराएको भन्दै दाहाल-नेपाल समूह सडक आन्दोलनमा छ भने ओली समूह वैशाखमा घोषणा गरिएको निर्वाचन हुने दाबीसहित त्यसको तयारमा जुटेको छ । यद्यपि संसद् विघटन सदर वा पुनर्स्थापना भन्ने विषयको मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन अवस्थामा छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया