असार २१, २०८२ शनिबार July 5, 2025

‘कानून निर्माणमा प्रदेशसभा अगाडि’ – सभामुख शाही

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीले कानून निर्माणका सन्दर्भमा प्रतिनिधिसभाभन्दा प्रदेशसभा अगाडि रहेको दाबी गर्नुभएको छ । प्रदेशसभा स्थापनाको दोस्रो वार्षिकोत्सवमा आज आयोजित अन्तक्र्रियामा उहाँले कानून निर्माणसँगसँगै विधेयक जनतामाझ लैजाने अभ्यासको शुरुआत गरेको बताउनुभयो ।

सभामुख शाहीले विधेयकको मस्यौदाबारे सरोकारवालामार्फत आमजनता माझ लैजाने प्रचलन प्रदेशसभाबाटै शुरु भएको दाबी गर्नुभयो । “जनतासँग प्रत्यक्ष सरोकार राख्ने विधेयकलाई विभिन्न जिल्लामा पुगेर जनताको राय लियौँ र जनताको सुझाव अनुसार ऐन-निर्माण गरेका छौँ”, उहाँले भन्नुभयो, “सकेसम्म प्रदेशसभालाई खुला संसद्को रुपमा विकास गर्न लागेका छौँ । प्रदेशसभामा जनताको पहुँच बढाउन विभिन्न प्रयास गर्दै आइरहेका छौँ ।”

प्रदेशसभा सचिवालयका उपसचिव तेजप्रकाश जोशीले दोस्रो वार्षिकोत्सवको पूर्वसन्ध्यामा ब्याडमिन्टन प्रतियोगिता, कुर्सी दौड, घैँटो फोड्ने खेल आयोजना गरेको जानकारी दिनुभयो ।

ब्याडमिन्टन प्रतियोगितामा प्रथम गणेशप्रसाद देवकोटा र झुपलाल ढकाल, द्वितीय पदमप्रसाद चालिसे र फुन्जोक लामा, नृपबहादुर रावल, हरिबहादुर बुढाको टिमले तृतीय स्थान हासिल गरेको छ । कुर्सी दौडमा चन्दन वीसी र घैँटो फोड्नेमा हरिराम थारु विजयी बन्नुभएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपतिद्वारा यू-१६ क्रिकेट खेलाडीलाई बधाई
२०८२ असार २१, शनिबार
प्रधानमन्त्री ओलीद्धारा उपाधि जित्न सफल नेपाली क्रिकेट टोलीलाई बधाई
२०८२ असार २१, शनिबार
मुलुकमा गणतन्त्रको स्थापना गर्न स्व. कोइरालाको भूमिका महत्त्पूर्ण छः सभापति देउवा
२०८२ असार २१, शनिबार
देशभरका सात वटा सडक पूर्ण रूपमा अवरुद्ध
२०८२ असार २१, शनिबार
‘भ्रष्टाचारमा दलका नेता नै जोडिँदा लोकतन्त्रको बद्नाम भयो’ – सभामुख बिष्ट
२०८२ असार २१, शनिबार
आयुर्वेद उपचार पद्धतिलाई प्राथमिकता दिनुपर्नेमा जोड
२०८२ असार २१, शनिबार
एसीसी यू-१६ इस्ट जोन कपको उपाधि नेपालले जित्यो
२०८२ असार २१, शनिबार