असार २१, २०८२ शनिबार July 5, 2025

अदालतको निर्णय कुर्न अध्यक्ष तिमिल्सिनाको आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सीनाले दललाई अदालतको फैसला कुरेर देशमा स्थिरताको वातावरण कायम गराउन आग्रह गर्नुभएको छ । म्याग्दी उद्योग बाणिज्य सङ्घको २७औँ साधारणसभा तथा ११औँ अधिवेशनको आज बेनीमा उद्घाटन गर्नुहुँदै अध्यक्ष तिमिल्सिनाले प्रतिनिधिसभा विघटनसम्बन्धी विषयमा धैर्यताका साथ अदालतको फैसला कुर्न दललाई आग्रह गर्नुभयो ।

“देशलाई फेरी स्थिरताको दिशातिर लैजान दल लाग्नैपर्छ । दलको बिकल्प अरु हुनै सक्दैन,” उहाँले भन्नुभयो, “अब राजतन्त्र फर्कने, हिन्दु राष्ट्र घोषणा हुने सम्भावना छैन । त्यो एक जनाले घोषणा गरेर हुँदैन । गणतन्त्रको बिकल्प सोच्ने संविधानमा ठाउँ छैन ।” राजनीतिक स्थिरता, शुसासन र विकासका लागि एउटा पार्टीलाई जनताले पाँच वर्षको सरकार चलाउन बहुमत दिएको बताउँदै अध्यक्ष तिमिल्सिनाले नेकपाको आन्तरिक कारणले प्रतिनिधिसभा विघटन हुने अवस्था आउनु दुःखद् भएको बताउनुभयो ।

तिमिल्सिनाले भन्नुभयो, “शान्त भएर अब अदालतको निर्णय कुर्ने र मानेर अघि बढ्नुको विकल्प छैन ।” अदालतले आफू अनुकूलको निर्णय गर्दा ठिक र नगरे बेठिक भन्न नमिल्ने अध्यक्ष तिमिल्सीनाले बताउनुभयो । संसद् विघटन सदर गरे सबै चुनावतिर होमिनुपर्ने बताउनुभयो ।

मालढुङ्गा–बेनी सडक स्तरोन्नित गर्न दुई हप्ताभित्र एक अर्बको ठेक्का सम्झौता हुन लागेको, बेनी–जोमसोम–कोरला, बेनी–दरवाङ सडक आयोजना छिटो सम्पन्न गराउन पहल गरेको र बेनीको कालीपुलदेखि पर्वतको जलजला गाउँपालिकाको बगरफाँट जोड्ने मोटरेबल पुल बनाउन बजेट बिनियोजन भएको अध्यक्ष तिमिल्सिनाले जानकारी दिनुभयो ।

विघटित प्रतिनिधिसभाका सदस्य भुपेन्द्रबहादुर थापा, संबिधानसभा सदस्य नवराज शर्मा, रेशम बानियाँ, गोबिन्द पौडेललगायतले म्याग्दीका विकास आयोजनामा ढिलासुस्ति भएकोप्रति ध्यानाकर्षण गराउनुभयो ।

नेपाल उद्योग बाणिज्य महासङ्घका पूर्वउपाध्यक्ष प्रमोद श्रेष्ठलगायत उद्योगी व्यवसायीले लगानी र उद्योगमैत्री वातावरण बनाउन आग्रह गर्नुभयो । अधिवेशन उद्घाटनका अवसरमा राससका म्याग्दी समाचारदाता सन्तोष गौतम र बेनी अनलाइनका सञ्चालक हरिकृष्ण गौतमलाई नगद रु २५/२५ हजारसहित पुरस्कृत गरिएको थियो ।

सङ्घले सञ्चालन गरेको म्याग्दी भ्रमण वर्ष २०७५ को अवसरमा म्याग्दीको पर्यटन क्षेत्रमा कलम चलाउने पत्रकारलाई पुरस्कृत गर्ने घोषणा गरेको थियो । भ्रमण वर्ष र पर्यटनसँग सम्बन्धीत समाचारको मूल्याङ्कन गरेर गौतमद्वयलाई पुरस्कृत गरिएको सङ्घका महासचिव लीलाराम गौतमले बताउनुभयो । अधिवेशनले आगामी तीन वर्षे कार्यकालको लागि सङ्घको नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार
इजरायली हस्तक्षेपविरुद्ध पाँच वामपन्थी दलको साझा विरोध कार्यक्रम घोषणा
२०८२ असार २१, शनिबार
लक्ष्यभन्दा बढी राजस्व उठाउँदै भन्सार कार्यालय माडर
२०८२ असार २१, शनिबार