असार २१, २०८२ शनिबार July 5, 2025

प्रदेश नं १ को प्रदेशसभा बैठक स्थगन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रदेश नं १ को प्रदेशसभाको हिउँदे तथा सातौैँ अधिवेशन सदनमा कुनै प्रक्रिया अघि नबढी स्थगन भएको छ । आज २ः०० बजे बैठक बस्ने भनिए पनि यसअघि संसदीय कार्य परामर्श समितिको बैठकमा सदन चलाउन सहमतिको प्रयास खोज्दा पनि सहमति जुट्न नसकेपछि बैठक स्थगन गरेको सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिनुभयो ।

सदन ३ः५६ बजे प्रारम्भ हुँदा सत्ता पक्षका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले संसदीय क्रियाकलाप विपरीत काम गर्ने १६ जना सदस्यले संसद्को कुनै पनि गतिविधिमा भाग लिन नपाउने बैठकको प्रारम्भमै उभिएर प्रस्ताव गरेपछि सभामुख भण्डारीले तत्काल आजको बैठक अन्त्य गरी आगामी फागनु ९ गते अपराह्न २ः०० बजे बस्ने घोषणा गर्नुभयो ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बहुमतको सरकारमा ३७ सदस्यले सरकारप्रति अविश्वासको प्रस्ताव दर्ता गराएको थियो भने तीमध्ये पाँच सदस्यले सो प्रस्तावबाट आफ्नो नाम फिर्ता लिएका छन् । सत्ता पक्षले १६ सदस्यलाई सरकारविरुद्ध क्रियाकलाप गरेको आरोपमा निलम्बन गरेको छ ।

प्रमुख सचेतक राजभण्डारीले सदनमा आएको गतिरोधलाई अन्त्य गर्न र सदनलाई पुनःसञ्चालन बनाउन अब अन्य राजनीतिक दलसँग छलफल एवं परामर्श गर्ने जानकारी दिनुभयो । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस संसदीय दलका नेता राजीव कोइरालाले संसदीय अभ्यासमा पहिलो पटक सत्तापक्षबाट नै सदन सञ्चालनमा अवरोध सिर्जना भएको टिप्पणी गर्नुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपतिद्वारा यू-१६ क्रिकेट खेलाडीलाई बधाई
२०८२ असार २१, शनिबार
प्रधानमन्त्री ओलीद्धारा उपाधि जित्न सफल नेपाली क्रिकेट टोलीलाई बधाई
२०८२ असार २१, शनिबार
मुलुकमा गणतन्त्रको स्थापना गर्न स्व. कोइरालाको भूमिका महत्त्पूर्ण छः सभापति देउवा
२०८२ असार २१, शनिबार
देशभरका सात वटा सडक पूर्ण रूपमा अवरुद्ध
२०८२ असार २१, शनिबार
‘भ्रष्टाचारमा दलका नेता नै जोडिँदा लोकतन्त्रको बद्नाम भयो’ – सभामुख बिष्ट
२०८२ असार २१, शनिबार
आयुर्वेद उपचार पद्धतिलाई प्राथमिकता दिनुपर्नेमा जोड
२०८२ असार २१, शनिबार
एसीसी यू-१६ इस्ट जोन कपको उपाधि नेपालले जित्यो
२०८२ असार २१, शनिबार