असार २८, २०८२ शनिबार July 12, 2025

प्रधानमन्त्री ओली लिखित जवाफसहित सर्वोच्च पुगे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रधानमन्त्री केपी शर्मा ओली अदालतको अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ लिएर बिहीबार आफैं सर्वोच्च अदालतमा  हाजिर भएका छन् । प्रधानमन्त्री ओली जवाफ लिएर बिहिबार मध्यान्ह पौने १२ बजे रामशाहपथ स्थित सर्वोच्च अदालतमा पुगेका हुन् ।

सर्वोच्चमा विचाराधीन रहेको प्रतिनिधिसभा विघटनको मुद्दा र वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर अदालतको अवहेलना भएको भन्दै वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकुमार न्यौपानेले रिट निवेदन दर्ता गराएका थिए।

९४ वर्षीय वरिष्ठ अधिवक्ता भण्डारीलाई ओलीले ‘बाजे वकिल’ तथा बहसलाई ‘तमासा’ भनेका थिए।

ओलीविरुद्ध परेको मुद्दामा माघ १५ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अदालतमा आफैं उपस्थित भएर लिखित जवाफ पेस गर्न आदेश दिएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया