असार २९, २०८२ आइतबार July 13, 2025

विप्लवमाथीको प्रतिबन्ध हटाउने र वार्ता टोली गठन गर्ने सरकारको यस्तो तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रधानमन्त्री निवाश बालुवाटारमा सोमबार बस्ने मन्त्रिपरिषद बैठकले विप्लवमाथी लगाईएको प्रतिबन्ध हटाउने र सरकारी वार्ता टोली गठन गर्ने भएको छ । नेपाल सरकारले दुई बर्षअघि विप्लव समुहको नेकपामाथि लगाइएको प्रतिबन्ध भोलि हटाउने भएको हो ।

सोमबार बस्ने मन्त्रिपरिषदको बैठकले भोलि सो समूहमाथिको प्रतिबन्ध हटाउने भएको बालुवाटार समाचार स्रोतले जनाएको छ ।

समाचार स्रोतका अनुसार विप्लव समूहसँग वार्ता गर्न भोलि नै सरकारी वार्ता समिति गठन हुने पनि बताइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले हालैमात्रै विप्लव नेतृत्वको नेकपालाई वार्ताको टेबलमा ल्याइने जानकारी दिएका थिए ।

सरकारको यही निर्णय बमोजिम नै केही दिन पहिले बहालवाला मन्त्री मणि थापाले विप्लव समूहका प्रभावशाली नेता हेमन्तप्रकाश ओलीसँग नख्खु कारागारमै पुगेर भेट गरेका थिए । सोही बमोजिम सरकारले तयारी थालेपछि विप्लव समूहका नेता नेत्रविक्रम चन्द विप्लवले शनिवार हिजोमात्र विज्ञप्ति प्रकाशन गरेर आफूहरु वार्तामा आउने बताएका थिए ।

उता विप्लवले भने संसदीय व्यवस्था नमान्ने बताउँदै आएकोले त्यसको विकल्प सरकारले वार्ताको टेबलबाट खोज्ने भएको छ । संसदीय व्यवस्थाको विकल्पमा जनवादी गणतन्त्रको लागि जनमत संग्रहमा जान सकिने गरी वार्ताको एजेण्डा बनाइने भएको समाचार स्रोतको दाबी छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपति पौडेलबाट आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको शुभकामना
२०८२ असार २९, आइतबार
आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती विविध कार्यक्रम गरी मनाँईदै
२०८२ असार २९, आइतबार
एकपटक मात्रै पनि ‘चेक बाउन्स’ भए अब सिधैं कालोसूचीमा
२०८२ असार २९, आइतबार
प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्घाटन
२०८२ असार २८, शनिबार
प्रधानमन्त्रीबाट दुई सयलाई जग्गा धनीपूर्जा वितरण
२०८२ असार २८, शनिबार
‘नेपालसँगको सम्बन्ध चीनको प्राथमिकतामा’ – झलनाथ खनाल
२०८२ असार २८, शनिबार
देशमा केही भएन भन्ने भाष्य गलत – यथार्थ नबुझी लहैलहैमा नलाग्न आग्रह : उपप्रधानमन्त्री सिंह
२०८२ असार २८, शनिबार