असार २८, २०८२ शनिबार July 12, 2025

संसद पूनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैशला – १३ दिनभित्र संसद वैठक बोलाउन आदेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय वदर गर्दै आगामी १३ दिनभित्र संसद वैठक बोलाउन आदेश गरेको छ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको नेतृत्वमा रहेको ५ सदस्यीय संवैधानिक इजलासले संसद पुन:स्थापनाको फैसला गर्दै १३ दिन भित्र संसद वैठक बोलाउन आदेश गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस ५ गते राष्ट्रपति विद्या भण्डारीले संसद विघटन गरेपछि पुन:स्थापनाको माग गर्दै सर्वोच्चमा रिट परेको थियो। राष्ट्रपति भण्डारीले संसद विघटन गर्दै मध्यावधि निर्वाचनको मिति घोषणा गरेकी थिइन्।

सर्वोच्चले उक्त मुद्दा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलासमा राखेको थियो। संवैधानिक इजलासमा प्रधानन्यायाधीश राणा, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, तेजबहादुर केसी र सपना मल्ल प्रधान रहेका थिए ।

संसद विघटनविरुद्ध सर्वोच्चमा १३ वटा मुद्दा परेका थिए। प्रतिनिधि सभा विघटन गरेपछि मुलुकका प्रमुख राजनितिक दलहरु आन्दोलनमा थिए । संविधानमा विघटनको हुँदै नभएको अधिकार प्रयोग गरेको र यो असंवैधानिक भएको राजनीतिक दलहरुले लगाउँदै आएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया