असार २२, २०८२ आइतबार July 6, 2025

राजनीतिक दलको ध्यान संसदमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापित गरेपछि राजनीतिक दलको ध्यान संसद्मा केन्द्रित बनेको छ । सर्वोच्चको फैसलाअनुसार फागुन २३ गतेभित्र नै संसद् बैठक बोलाउनुपर्नेछ । सरकारले फागुन २३ गते संसद् बैठक बोलाउन सिफारिस गरे पनि राष्ट्रपति विद्यादेवी भण्डारीले बैठक अझै आह्वान गरेका छैनन् ।

संसद् बैठक सुचारु भएसँगै नयाँ सरकार गठनको प्रक्रियासमेत अगाडि बढाउन नेकपा प्रचण्ड–नेपाल समूहले सक्रियता देखाएको छ । नयाँ सरकार गठनका लागि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग प्रारम्भिक छलफल अगाडि बढाएको छ ।

संसद् पुनस्र्थापित भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् नै फेस गर्ने अडान लिएपछि राजनीतिले नयाँमोडबाट अगाडि बढेको छ । प्रधानमन्त्री ओली जसरी पनि सरकारको नेतृत्वलाई निरन्तरता दिनुपर्ने रणनीतिको साथ अगाडि बढेका छन् भने प्रचण्ड–नेपाल समूह ओलीलाई विस्थापित गरेर नयाँ सरकार गठन गर्ने गृहकार्यमा जुटेको छ । नेपाल समाचारपत्रबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया