काठमाण्डौंः राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी २३ फागुनमा बस्ने गरी संसद् अधिवेशन आह्वान गर्नुभएको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिस बमोजिम राष्ट्रपति भण्डारीले फाल्गुन २३ गते अपरान्ह ४ बजेका लागि अन्तराष्ट्रिय केन्द्र नयाँबानेश्वरमा संसद् बैठक आह्वान गर्नुभएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सोमबार बिहान मात्रै सिफारिस पत्र पेस गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया