काठमाण्डौंः सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच तीन बुँदे सहमति भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा बिहीवार बिहान भएको तेस्रो चरणको वार्ताको सहमतिअनुसार, सरकारले प्रतिबन्धित नेकपामाथिको प्रतिबन्ध हटाउने, पार्टीका सम्पूर्ण बन्दीको रिहा गर्ने एवं उनीहरुमाथि लागेका मुद्दा खारेज गर्ने ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले शान्तिपूर्ण प्रतिस्पर्धाको राजनीतिलाई स्वीकार गरी सहभागी हुनेछ ।
सरकारका तर्फबाट गृहमन्त्री तथा सरकारी वार्ता टोलीका संयाेजक रामबहादुर थापा बादल र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वार्ताटोली संयाेजक खड्गबहादुर विश्वकर्मा प्रकाण्डले हस्ताक्षर गरेका छन् ।
उक्त सहमतिमा नेकपाले आफना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान संवादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने उल्लेख गरिएको छ ।
वार्तामा सरकारी पक्षबाट गृहमन्त्री रामबहादुर थापा, डा. राजन भट्टराई र विद्रोही नेकपाका तर्फबाट सो पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, उदयबहादुर चलाउने ‘दीपक’ वार्तामा सहभागी थिए।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया