काठमाडौंः नेपाल सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच तीन बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
शुक्रबार राष्ट्रियसभा गृहमा आयोजित विशेष समारोहमा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल र नेकपाका तर्फबाट वार्ता टोली सदस्य एवं नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
यसअघि बिहीबार सरकारी वार्ता टोली र विप्लव नेतृत्वको नेकपाको वार्ता टोलीबीच तीन बुँदे सहमति भएको थियो । उक्त तीन बुँदे सहमतिपत्रमा प्रधानमन्त्री ओली र विप्लवको उपस्थितिमा वार्ता टोलीका सदस्यहरूले औपचारिक रुपमा हस्ताक्षर गरेका हुन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया