असार २४, २०८२ मंगलबार July 8, 2025

पोखरा विश्वविद्यालयमा पहिलो पटक उद्यमशीलता विकासको पढाइ हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पोखरा विश्वविद्यालयले शैक्षिक बेरोजगारी हटाउन यही शैक्षिकसत्रदेखि उद्यमशीलता विकास कार्यक्रमअन्तर्गत चारवर्षे स्नातक तहको अध्ययन शुरु गर्ने भएको छ ।

सो तहमा जुनसुकै विषयमा कक्षा १२ वा सो सरह अध्ययन गरेका विद्यार्थीले प्रवेश परीक्षामा सफल भई चारवर्षे स्नातक कोर्ष अध्ययन गर्ने पाउनेछन् । यसमा जम्मा आठ सेमेष्टर प्रणालीबाट उद्यमशीलतका विभिन्न पक्षको सैद्धान्तिक र व्यहारिक कोर्षको अध्ययन हुनेछ । सो कोर्षका लागि वार्षिक रु तीन लाख १४ हजार २०० शुल्क लाग्ने छ । अहिले सो विषय अध्ययनका लागि ४८ सिट निर्धारण गरिएको छ । विश्वविद्यालयको नियमानुसार २० प्रतिशत पूर्ण छात्रवृत्तिसमेत दिइनेछ । आउँदो चैत २ गतेसम्म फर्म भर्ने अन्तिम समय दिइएको छ ।

सो कार्यक्रमको आज पोखरामा विश्वविद्यालयका उपकुलपति प्रा डा प्रेमनारायण अर्याल र स्वर्णिम विश्वविद्यालय, गुजरातका भाइस प्रेसिडेन्ट अदि रिसव जैनले शुभारम्भ गर्नुभयो । उपकुलपति डा अर्यालले उद्यमशीलता विषयको पढाइका लागि लामो समयदेखिको योजनाले मूर्तरुप लिएको जनाउँदै अब व्यवहारिकरुपमा यसलाई सफल बनाउनुपर्ने बताउनुभयो ।

उहाँले बेरोजगारीका कारण थुप्रै युवा विदेश पलायन हुने अवस्थाले सृजना भइरहेकाले अध्ययनपश्चात युवाशक्ति विदेश पलायन नभइ स्वदेशमै उद्यमशीलतामा अग्रसर हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले देशमै स्व–व्यवसाय गरेर परम्परागत सीपलाई जर्गेना साथै अन्तरराष्ट्रिय ज्ञानको सदुपयोग गरेर देश समृद्ध बनाउने कार्यमा अग्रसर हुनसमेत सबैलाई आग्रह गर्नुभयो ।

स्वर्णिम विश्वविद्यालयका भाइस प्रेसिडेन्ट जैनले पोखरा विश्वविद्यालयले पहिलोपल्ट उद्यमशीलता पढाइलाई सञ्चालनमा ल्याएकामा बधाई दिँदै आफूहरु सहकार्य र समन्वय गर्न तयार रहेको बताउनुभयो । जैनले देशको आर्थिक समृद्धि उद्यमशीलताबाट मात्र सम्भव हुने भएकालृ यसको अध्ययन महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले आफ्नो विश्वविद्यालय भारतको पहिलो उद्यमशीलता पढाइ हुने विश्वविद्यालय भएकाले यसमा अध्ययरत विद्यार्थीको अनुभव आदानप्रदानले धेरै कुरा सिक्न सकिने धारणा राख्नुभयो । शिक्षाको माध्यमबाट दुवै देशको सम्बन्धलाई अझ बलियो बनाउन सकिने पनि उहाँको भनाइ थियो ।

नेपाल उद्योग वाणिज्य महासंघका उपनिर्देशक गोकर्ण अवस्थीले पछिल्लो समय अभिभावकले विदेशमा अध्ययनका लागि छोराछोरी पठाउने संस्कार बढेको जनाउँदै देशभित्रै शैक्षिक कार्यक्रमबाट युवाहरुलाई उद्यमी बनाउनुपर्ने आवश्यकता औल्याउनुभयो । उहाँले निजी क्षेत्रबाट मुलुकको अर्थतन्त्रमा १५औं योजना ६० प्रतिशत योगदान दिएको बताउनुभयो ।

उद्योग मन्त्रालयका सहसचिव डा नारायणप्रसाद रेग्मीले नेपाल सरकारले उद्यमशीलतालाई केन्द्रमा राखेर प्रदेश र स्थानीय तह साथै आवधिक, वार्र्षिक कार्यक्रम गर्दै आएको जानकारी दिनुभयो । उद्योगको केन्द्रीय तथ्याङ्क अनुसन्धानका अनुसार रु ३९ खर्बको कुल ग्राहस्थ उत्पादनमा उद्योग क्षेत्रमा पाँच प्रतिशतमात्र योगदान रहेकाले उद्योग क्षेत्रको योगदान नबढेसम्म सुखी नेपाल समृद्ध नेपालको अभियान पुरा गर्न कठिन हुने उहाँको भनाइ थियो ।

औद्योगिक विकासमार्फत् नेपालको आर्थिक विकास गर्ने र सामाजिकरुपान्तरण गरी नेपालीको गुणस्तरीय जीवन अभिवृद्धि गर्ने राष्ट्रिय अभियानका लागि हरेक नागरिक उद्यमशिल हुन जरुरी रहेको बताउनुभयो । उहाँले विद्यालय र विश्वविद्यालयबाट उद्यमशीलता सम्बन्धि पढाइ हुन जरुरी रहेको औँल्याउनुभयो ।

अन्तराष्ट्रिय श्रम संगठन नेपालका रोजगारका लागि सीप कार्यक्रम संयोजक प्रकाश शर्माले उद्यमशीलताबारेको अध्ययनबाट शैक्षिक बेरोजगारी अन्त्य हुने धारणा राख्नुभयो । उहाँले जागिर खोज्दै हिड्ने नभइ जागिर दिन सक्ने दक्षजशक्ति उत्पादन हुनुका साथै उद्यम र विकासका लागि सहजकर्ताको खोजीसमेत पूरा हुने उहाँको भनाइ थियो ।

पोखरा विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायका डीन सहप्रा डा अजय थापाले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहकार्यबाट नेपालमै पहिलो पल्ट यस कार्यक्रमको शुभारम्भ गरेको बताउनुभयो । रोजगार र व्यवसायका लागि दक्ष जनशक्ति नै अहिलेको आवश्यकता रहेको महशुस गरेर लामो समयको गृहकार्यपछि यो कोर्ष ल्याउन सफल भएको उहाँको भनाइ थियो ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार
आज मंगलबार, गणेश भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् तपाईंको राशिफल ?
२०८२ असार २४, मंगलबार
स्वास्थ्य उपचार र न्यायिक उपचारमा उल्झन
२०८२ असार २४, मंगलबार