श्रावण ६, २०८२ मंगलबार July 22, 2025

नेकपा संसदीय दलको बैठक बालुवाटारमा सम्पन्न, ११५ सांसदको उपस्थिति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बसेको बैठकमा प्रतिनिधिसभाका ९१ र राष्ट्रिय सभाका २४ गरी ११५ सांसदको उपस्थिति रहेको सो दलले जनाएको छ ।

नेकपाका सांसद खिमलाल भट्टराईका अनुसार आजको बैठकमा ११५ जना सांसदको सहभागिता रहे पनि केही सांसद काम विशेषले सहभागी हुन नसक्नु भएको र भोलिसम्म १३० सम्म संख्या पुग्ने आशा गरिएको जानकारी दिए ।

संसदीय दलका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा प्रधानमन्त्री ओलीले उत्साहकासाथ अघि बढ्न सांसदहरुलाई आग्रह गरे । आफूहरु देश र जनताको पक्षमा रहेकाले चिन्ता लिनुपर्ने कुनै कारण नभएको भन्दै प्रधानमन्त्री ओलीले सरकार र पार्टीको पक्षमा एकताबद्ध र सक्रिय भूमिका निर्वाह गर्न सांसदहरुलाई निर्देश गरेको सांसद भट्टराईले बताए ।

दिउँसो ३ बजेबाट शुरु भएको नेकपा संसदीय दलको बैठक डेढ घण्टा बसी साँढे ४ बजे सम्पन्न भएको थियो । भोलि आइतबार बस्ने संसद बैठकमा दलको तर्फबाट गरिएको छलफल र निर्देशनका आधारमा सांसदहरुले आफ्नो भूमिका निर्वाह गर्ने सांसद भट्टराईले जानकारी दिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मुगुमा ४९ करोड ४६ लाख राजस्व संकलन
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानमा मनसुन प्रकोपः जनजीवन अस्तव्यस्त, सयौं प्रभावित
२०८२ श्रावण ६, मंगलबार
दुई किलो सुन र २४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ श्रावण ६, मंगलबार
मानवअधिकार प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : मन्त्री चौरसिया
२०८२ श्रावण ६, मंगलबार
मुलुकमा सुशासन कायम हुन नसकेकै कारण गरिबी, बेरोजगारी र घुसखोरी बढ्यो : महासचिव भुसाल
२०८२ श्रावण ६, मंगलबार
भारतको उपराष्ट्रपति पदबाट जगदीप धनखरको राजीनामा, स्वास्थ्यलाई प्राथमिकता दिने निर्णय
२०८२ श्रावण ६, मंगलबार
सभामुख घिमिरेद्वारा रास्वपा र राप्रपाका नेताहरूसँग छलफल
२०८२ श्रावण ६, मंगलबार