श्रावण ६, २०८२ मंगलबार July 22, 2025

विप्लवले मागे क्यान्टोन्मेन्टको १९ अर्बको हिसाब

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः केही दिनअघि मात्रै प्रतिबन्ध फुकुवा भएको नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले तत्कालीन माओवादी नेतृत्वले लडाकु शिविर (क्यान्टोन्मेन्ट) व्यवस्थापनका नाममा अर्बाैँ रुपैयाँ अनियमितता गरेको भन्दै त्यसको हिसाबकिताब हुनुपर्ने बताएका छन्।

उनले तत्कालीन नेकपा माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वलाई लक्षित गर्दै क्यान्टोनमेन्टमा भएको आर्थिक अनियमितताबारे गम्भीर प्रश्न उठाएका हुन्।

प्रतिबन्ध फुकुवापछि गृहजिल्ला कपिलवस्तुमा सोमबार आयोजित कार्यक्रममा बोल्दै विप्लवले जनमुक्ति सेनाको पैसामाथि भ्रष्टाचार भएको विषय सार्वजनिक भएको र सो विषय आफूले त्यतिखेरै पार्टीमा गम्भीर रूपमा उठाएको भए पनि बेवास्ता गरिएको बताए।

विप्लवले आफूहरूले पार्टीभित्र त्यस्तो बदमासी नगर्नुस् है भनेर नेतृत्वलाई सचेत गराएको स्मरण गर्दै भने ‘२० हजार जनमुक्ति सेना ब्यारेकमा बस्दा प्रति सेना ५ हजारका दरले काटियो, क्रान्तिका निम्ति भन्दै काटिएको त्यो पैसा कहाँ गयो ? पूर्व माओवादी कमान्डर मध्येका एक विप्लवले प्रश्न गर्दै भने ‘थोरैको कुरा हो र १९ अर्ब रुपैयाँको कुरा छ त्यसको खोजीनीति हुनुपर्छ।’

भ्रष्टाचारको विषय सार्वजनिक भए पनि ठोस परिणाम नआएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे। ‘भ्रष्टाचार कसले गरेको हो ठोस हुनुपर्दैन। एउटाले अर्कोलाई दोष दिएको छ,’ उनले भने। राजधानी दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
२०८२ श्रावण ६, मंगलबार
एमाले केन्द्रिय समिति बैठक आज पनि बस्दै
२०८२ श्रावण ६, मंगलबार
देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न, सबैभन्दा धेरै सुदूरपश्चिममा
२०८२ श्रावण ६, मंगलबार