काठमाडौंः संसद् बाहिर रहेका १५ राजनीतिक दलहरुसँग विवेकशील साझा पार्टीले सहकार्य गर्न पहल गर्ने भएको छ।
मंगलबार दिउँसो विवेकशील साझा पार्टीको केन्द्रीय कार्यालय बखुण्डोलमा आयोजना गरेको १५ राजनीतिक दलहरूको संयुक्त बैठकले देशको राजनीतिक घटनाक्रममा हस्तक्षेपकारी भूमिका खेल्नका लागि सहकार्यको अन्वेषण गर्ने निष्कर्ष निकालेको छ।
बैठकमा विवेकशील साझा पार्टी, नेपाली कांग्रेस (बीपी), समाजवादी कांग्रेस नेपाल, जनजागरण पार्टी नेपाल, युवा शक्ति पार्टी, मौलिक जरो किलो पार्टी, नेपालवाद पार्टी, न्यु पिपुल्स पार्टी, आधुनिक नेपाल पार्टी, आमूल परिवर्तन मसिहा पार्टी, समाजवादी लोकतान्त्रिक पार्टी, गान्धीवादी पार्टी नेपाल, प्रगतिशील पार्टी, हाम्रो नेपाल पार्टी, राष्ट्रिय यथार्थवादी पार्टीका नेतृत्वको सहभागिता थियो।
छलफल र संवादको क्रमलाई अघि बढाउनुपर्ने कुरामा सहभागी सबै पार्टीहरूको सहमति जनाएको पार्टीका राजनीतिक संवाद समितिका संयोजक केशव दाहालले जानकारी दिए।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया