श्रावण ५, २०८२ सोमबार July 21, 2025

नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक कोटेश्वरमा सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक कोटेश्वरमा सुरु भएको छ ।

बुधबार (आज) पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न स्थायी कमिटी बैठक भएको हो ।

बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दुई  ठुला दलसँग सत्तासहकार्यका बिषयमा भएको वार्ता प्रगति र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गरिने बताईएको छ ।

सर्वोच्च अदालतले केही दिनअघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई एकताअघिका दुई पार्टीको हैसियत स्थापित गरिदिएपछि माओवादी केन्द्रको यो दोस्रो बैठक बसेको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया