काठमाण्डौंः नेकपा माओवादी केन्द्रले केपी शर्मा ओली सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने निर्णय गरेको छ।
बुधबार पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा बसेको स्थायी कमिटी बैठकले नयाँ सरकार निर्माणको वातावरण नबनेसम्म माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ ।
स्थायी समिति बैठकले नयाँ सरकारका लागि कांग्रेस र जसपासँग थप छलफल गर्ने निर्णय गरेको नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
यस्तै, बैठकले पार्टीको संगठनात्मक संरचनाबारे गृहकार्य गर्न चार सदस्यीय कार्यदल गठन पनि गरेको छ। कार्यदलमा वर्षमान पुन, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल र पम्फा भुसाल सदस्य रहेको नेता श्रैष्ठले जनाए।
सर्वोच्च अदालतले ब्यूँताइदिएपछि हिजो पहिलोपटक बसेको माओवादी केन्द्रकाे स्थायी कमिटी बैठकपछि अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस सभापति शेरबहादुर देउवा र जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई भेटेका थिए।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया