श्रावण ५, २०८२ सोमबार July 21, 2025

नेकपा एमालेले चैत्र १ गते केन्द्रीय कमिटीको बैठक बोलायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सत्तारुढ नेकपा एमालेले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटी बैठक बोलाएका हुन । स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्बाङले अध्यक्ष ओलीले चैत १ गते प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बैठक बोलाइएको जानकारी दिएका छन् ।

बैठकका लागि नवौं महाधिवेशनबाट निर्वाचित २ सय ४१ केन्द्रीय सदस्यलाइ निमन्त्रणा गरिएको छ । नेकपाका नाममा केन्द्रीय सदस्य बनेका कसैले पनि निमन्त्रणा पाएका छैनन् । बैठकको एजेण्डा माओवादी केन्द्रबाट एमालेमा समायोजन हुने नेताहरूको बारेमा रहेको बताइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया