काठमाण्डौंः जनता समाजबादी पार्टी (जसपा) संसदीय दलको बैठक आज शुक्रबार बस्ने भएको छ । हिजो बिहीबार बसेको जसपा पदाधिकारीहरुको बैठकले संसदीय दलको नेता चयन गर्न आज दिउँसो १ बजे बैठक बस्ने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम आज संसदिय दलको बैठक बस्ने भएको हो ।
बैठकमा संसदीय दलको विधान पारित गर्ने लगायत संसदमा पार्टीको भूमिकाका विषयमा छलफल पनि हुने बताईएको छ । राजपा र समाजवादी पार्टी नेपालबीच एकीकरण भएको लामो समय भइसक्दासमेत संसदीय दलको नेता चुनिएको छैन ।
संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईका अनुसार पार्टीको समायोजन तथा आगामी कार्ययोजनाबारे आवश्यक निर्णय गर्न कार्यकारिणी समितिको बैठक आगामी बुधबार चैत ५ गते बस्नेछ ।
सामाजिक सञ्जालमाफर्त भट्टराईले आफ्नो पार्टीका आधारभूत मान्यताबारे सबै राजनीतिक दलहरूसँग उच्चतहमा संवाद गर्ने र वर्तमान राजनीतिक संकटको अग्रगामी निकास दिने बताएका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया