श्रावण ५, २०८२ सोमबार July 21, 2025

नेपाल-खनाल पक्षले शनिबार बोलायो स्थायी कमिटीको आकस्मिक बैठक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं: नेकपा एमालेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले स्थायी कमिटीको आकस्मिक बैठक बोलाएका छन् ।

नेपाल-खनाल पक्षले नयाँ बानेश्वरस्थित अर्याल होटलमा बैठक बोलाएको छ । बैठकले अध्यक्ष ओलीले चालेको कदमपछि अब कसरी अघि बढ्ने भन्नेबारेमा निर्णय गर्नेछ।

आफ्ना पक्षका नेताहरुको जिम्मेवारी खोस्ने र एकतर्फी रुपमा महाधिवेशनको मिति घोषणापछि खनाल-नेपाल समूहले आकस्मिक स्थायी कमिटी बैठक बोलाएको हो ।

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार महासचिव बाहेकका पदाधिकारीहरु हटाएपछी एकाएक नेपाल – खनाल समुह चिडिएका हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया