काठमाण्डौंः राष्ट्रपति कार्यालय शीतल निवासमा सर्वदलीय बैठक भर्खरै सम्पन्न भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको आव्हानमा शितलनिवाशमा सम्पन्न भएको सर्वदलीय बैठकमा राष्ट्रपति भण्डारीले दलहरु मिलेर अघि बढ्नुपर्नेमा जोड दिएकी छिन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठकमा बंगलादेशमा हुने भ्रमणको बिषयमा मात्रै छलफल भएको बताईएको छ । बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भने, ‘बंगलादेशको भ्रमण रहेछ । त्यही बिषयमा छलफल गर्नका साथै चियापानका लागि बोलाउनुभएको रहेछ ।’
विकशित पछिल्लो राजनीतिक घटनाक्रमबारे सर्वदलिय छलफल गर्ने उद्देश्यले राष्ट्रपति भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई आज शीतल निवास बोलाएकी थिइन् ।
सर्वदलिय बैठकमा सत्तारुढ नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री एवं राप्रपाका बरिष्ट नेता लोकेन्द्रबहादुर चन्द, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, जनता समाजवादी पार्टीका नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव र राजेन्द्र महतो, राप्रपाका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, नेमकिपाका नेता प्रेम सुवाल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीहरू लगायतको उपस्थिति रहेको थियो ।
बैठकमा बहालवाल मन्त्रीहरु उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, विमलेन्द्र निधी, महामन्त्री डा. शशांक कोइाराला, माअोवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, प्रमुख सचेतक देव गुरुङ सहभागी रहेका छन् थिए ।
नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई बैठकमा सहभागी भएका थिएनन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया