श्रावण ६, २०८२ मंगलबार July 22, 2025

जसपाको कार्यकारिणी समितिको बैठक आज बस्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः जनता समाजवादी पार्टीले आज बिहीबार कार्यकारिणी समितिको बैठक बोलाएको छ । बैठकले पार्टीको आधिकारिक र संस्थागत लाइन तय गर्ने जसपाका अध्यक्ष उपेन्द्र यादवले बताए।

आजको बैठकमा समसामयिक राजनीतिको विषयमा छलफल हुनुको साथै समायोजन र अन्य विविध विषयमा  छलफल हुने पार्टीका नेताहरूले बताएका छन् । कार्यकारिणी समितिको बैठकको अजेन्डा तय गर्न मंगलबार र बुधबार काठमाडौंमा जसपाका ५ शीर्ष नेताहरूले डा. बाबुराम भट्टराई, महन्थ ठाकुर, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र महतोले छलफल गरेका थिए ।

जसपाका नेताहरू भने कुन पक्षसँग सत्ता साझेदारी गर्ने भन्ने विषयमा दुई धारमा बाँडिएका छन्। बाबुराम भट्टराई, उपेन्द्र यादवलगायत नेताहरू माओवादी केन्द्रसँग मिलेर सत्ता साझेदारी गर्नुपर्ने अडानमा छन् भने महन्थ ठाकुर, राजेन्द्र महतोलगायत नेताहरू ओलीसँग निकट देखिएका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया