असार २२, २०८२ आइतबार July 6, 2025

संसद बैठक १ बजे बस्दै- यस्तो छ बैठकको कार्यसूची

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रतिनिधिसभाको बैठक आज बस्दैछ । संसद भवन नयाँ बानेश्वरमा  दिउँसो १ बजे बस्ने बैठकमा तीन वटा वार्षिक प्रतिवेदन पेश हुने भएका छन् ।

संसद् सचविालयले जारी गरेको सम्भावित कार्यक्रमको सूचनामा प्रधानमन्त्री केपी शर्मा ओलीले न्याय परिषद् र न्याय सेवा आयोगको प्रतिवेदन तथा महान्यायाधीवक्ता कार्यालयको आर्थिक वर्षको प्रतिवेदन पेस गर्ने उल्लेख छ ।

त्यस्तै उद्योग तथा वाण्ज्यि र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले समितिको प्रतिवेदन पेस गर्ने कार्यक्रम तय भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया