श्रावण ६, २०८२ मंगलबार July 22, 2025

अविश्वास प्रस्तावबाट नाम फिर्ता लिन सात दिनको समय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा एमाले प्रदेश नं १ संसदीय दलको आज बसेको बैठकले विधान पारित गरेको छ । बैठकले सोही विधानअन्तर्गत दलका नेता मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा १५ सदस्यीय संसदीय बोर्ड गठन पनि गरेको छ ।

बोर्डमा दलका उपनेता, प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, सचेतक पदेन सदस्य छन् भने जसमाया गजमेर, आशारत्न जवेजु, यशोदा अधिकारी, अम्बिका थापा, विमल कार्की, काजीमान कागते, विर्खबहादुर प्रधान, ज्ञानेश्वर राजवंशी, तुलसीप्रसाद न्यौपाने, लीलाबल्भ अधिकारी र लिलम बस्नेत छन् ।

मुख्यमन्त्री राईले अविश्वासको प्रस्ताव फिर्ता लिनका लागि आफ्नो दलका प्रदेशसभा सदस्यलाई सात दिन समय दिनुभएको छ ।

नेकपा एमाले पुर्नस्थापित भएपछि पहिलो पटक बुधबार बसेको नेकपा एमाले प्रदेश १ को संसदीय दलको बैठकमा मुख्यमन्त्री राईले अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने प्रदेशसभा सदस्यलाई हस्ताक्षर फिर्ता लिन सात दिनको समय दिएका हुन् ।

प्रदेशसभामा नेकपा ओली समूहका सभामुखसहित ५१ सदस्य रहेका छन् । आजको बैठकमा ३१ सदस्यको उपस्थिति थियो भने नेकपा माओवादी केन्द्रका तर्फबाट रहेका उपनेता टङ्क आङ्बोको पनि उपस्थिति रहेको प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले जानकारी दिनुभयो ।

मुख्यमन्त्री राईविरुद्ध गत पुस १२ गते बिहान १०ः४३ बजे अविश्वास प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता भएको थियो । प्रदेशसभा सदस्य भीम आचार्यसहित ३७ सदस्यले नेपालको संविधानको धारा १८८ को उपधारा ४ एवं प्रदेश नं १ को प्रदेशसभा नियमावली २०७४ को नियम १२९ बमोजिम अविश्वासको प्रस्ताव दर्ता गराएको थियो । पछि केही सदस्यले अविश्वासको प्रस्तावबाट आफ्ना नाम फिर्ता लिएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
२०८२ श्रावण ६, मंगलबार
एमाले केन्द्रिय समिति बैठक आज पनि बस्दै
२०८२ श्रावण ६, मंगलबार
देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न, सबैभन्दा धेरै सुदूरपश्चिममा
२०८२ श्रावण ६, मंगलबार