काठमाण्डौंः सत्तारुढ दल नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष लिखित स्पष्टिकरण दिएका छन् । बरिष्ट नेता नेपालले आज बिहिबार साँझ पार्टीले सोधेको स्पष्टीकरणको लिखित जवाफ पठाएका हुन् ।
स्पष्टीकरण जवाफमा नेता नेपालले पार्टी अध्यक्ष ओलीलाई तत्कालिन नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का ‘मतियार’ हो भन्न सकिने उल्लेख गरेका छन् ।
नेता नेपालले स्पष्टीकरणको जवाफमा लेखेको छन्, ‘यदि तपाईको जस्तो दृष्टिकोण राख्ने हो भने पार्टी एकताको पूर्व सन्ध्यादेखि प्रतिनिधि सभाको विघटनसम्मको अवधिमा तपाँईले पुष्पकमल दाहाल ‘प्रचण्ड’संग गर्नुभएका सम्झौता, निरन्तर गर्ने गरेको गोप्य बैठक र सहकार्यको आधारमा तपाँई नै उहाँको सबभन्दा ठूलो ‘मतियार’ हो भन्न सकिन्न र ? तर यस्तो दृष्टिकोण ममा छैन ।’
यस्तो छ नेता नेपालले अध्यक्ष ओलीलाई पठाएको स्पष्टीकरणको पूर्णपाठः
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया