काठमाण्डौः पछिल्लो २४ घण्टामा २१ सय १ जनाको स्वाब नमूना परीक्षण गराउँदा ८९ जनामा कोरोना संक्रमित देखिएको छ।
यो सहित हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ८३९ जना पुगेको छ।
२४ घण्टामा थप ९५ जना डिस्चार्ज भएका छन्। यो सहित हालसम्म कोरोना जित्नेको संख्या २ लाख ७२ हजार ५३० जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २७ पुगेको मन्त्रालयले जनाएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया