असार २२, २०८२ आइतबार July 6, 2025

प्रदेश–१ प्रदेशसभा बैठक चैत २३ गते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रदेश नं १ प्रदेशसभाको सातौँ तथा हिउँदे अधिवेशनको चौथो बैठक यही चैत २३ गते सोमबार दिनको २ बजे बस्ने भएको छ ।

प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीको आदेशानुसार प्रदेशसभा नियावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम प्रदेशसभा सदस्यलाई सूचना जारी गरिएको प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । गत चैत १ गते प्रदेशसभा सचिवालयले सूचना प्रकाशित गरी अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया