श्रावण ६, २०८२ मंगलबार July 22, 2025

राज्य बिरुद्धको संगठित अपराधमा सिके राउत फेरी जाने भए जेल – अदालतले जारी गर्यो पक्राउ पुर्जी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः जनमत पार्टीका प्रमुख डा. सिके राउतविरुद्ध नवलपरासी जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ । राज्य विरुद्धको संगठित अपराधमा डा. राउतविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

जिल्ला अदालतले आज (सोमबार) एक सूचना जारी गर्दै राउतलाई ३५ दिनभित्र अदालतमा उपस्थित हुन भनिएको छ । हाजिर हुन नआएमा कानुनअनुसार हुने सूचनामा उल्लेख गरिएको छ ।

राउत विरुद्धको मुद्दामा म्याद तामेली हुन नसकेपछि जिल्ला अदालतले यस्तो सूचना जारी गरेको हो । सरकारसँग सहमतिमा आउनुअघि राउतमाथि राज्य विरुद्धको अपराधमा मुद्दा दायर भएको थियो ।

छुट्टै मधेसको माग गर्दै हिंसात्मक गतिविधि गरेर पृथकतावादी पहिचान बनाएका सिके राउतसँग सरकारले गत वर्ष चैत २४ गते ११ बुँदे सहमति गरेको थियो । उक्त सहमतिसँगै राउत मूलधारको राजनीतिमा कृयाशिल रहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
२०८२ श्रावण ६, मंगलबार
एमाले केन्द्रिय समिति बैठक आज पनि बस्दै
२०८२ श्रावण ६, मंगलबार
देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न, सबैभन्दा धेरै सुदूरपश्चिममा
२०८२ श्रावण ६, मंगलबार