काठमाण्डौः सरकारले थारु समुदायले राखेका माग सम्बोधन गर्न वार्ता टोली गठन गरेको जनाृएको छ। मन्त्रिपरिषद् बैठकले गृहमन्त्री रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको संचार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पत्रकार सम्मेलन मार्फत जानकारी दिए।
मन्त्री गुरुङका अनुसार वार्ता टोलीमा मन्त्री थापासहित प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई र पूर्व सांसद् भगवती चौधरी रहेका छन्।
गुरुङले वार्ता टोलीले तुरुन्तै आजबाटै वार्ता बसेर थारु समुदायको माग टुंगोमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे । उनले नेपाल सरकार सबै प्रकारका हिंसात्मक गतिविधि अन्त्य गर्न लागि परेको स्पष्ट पारे।
यस अगाडि माइतीघर मण्डलामा विभिन्न माग राखी आन्दोलनरत थारु कल्याणकारी सभा, थारुहट/थारुवान् संयुक्त संघर्ष समिति केन्द्रीय आन्दोलन परिचालन समितिको ज्ञापनपत्र बुझ्दै गृहमन्त्री थापाले टीकापुर घटनालगायत थारु समुदायले राखेका १९ बुँदे मागबारे सरकार गम्भीर रहेको बताएका थिए।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया