असार २४, २०८२ मंगलबार July 8, 2025

विद्यालयमा अध्ययनरत तीन सय छात्रालाई आत्मरक्षा तालिम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सामाजिक विकास डिभिजन कार्यालय भैरहवाको आयोजनामा लुम्बिनी प्रदेशका सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई आत्मरक्षा तालिम दिन सुरु गरेको छ ।
प्रदेशका १२ जिल्लाका विभिन्न सामुदायिक विद्यालयहरु छनोट गरी तीन सय छात्रालाई पहिलो चरणमा आत्मरक्षा तालिम दिन थालेको हो ।

लुम्बिनी प्रदेश सामजिक विकास मन्त्रालयका सामाजिक विकास महाशाखा प्रमुख शारदा बेल्वासेले बुटवलको नवीन औद्योगिक कद्दरबहादु्र रीता माविमा तालिमको शुभारम्भ गर्दै छात्राहरुमा आत्मबल बढाउन यस्ता कार्यक्रम महत्त्वपूर्ण हुने बताईन् । उनले तालिममा मोटिभेसन, मेडिटेशनसँगै शारीरिक प्रशिक्षण दिईने बताउँदै भविष्यमा प्रदेशमा सञ्चालन हुने विभिन्न खेलकुद प्रतियोगितामा पनि छात्राहरुले अवसर पाउने धारणा व्यक्त गरिन् ।

त्यस्तै, तालिम प्रभावकारी बनाउन सरकारको सहयोग महत्त्वपूर्ण रहेको भन्दै विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतले कार्यक्रममा सामाजिक विकास डिभिजन कार्यालयका प्रमुख दिवाकर भण्डारीले नवीन औद्योगिक, प्रगति मावि, तिलोत्तमा मावि र नहरपुर माविका गरी २५ जना छात्रालाई पहिलो चरणमा तालिम तथा प्रशिक्षण दिने जानकारी दिए ।

कार्यक्रममा विद्यालयका प्रशिक्षक नवराज खरेलले मार्सल आर्टमा आत्मरक्षाको तालिम पाएपछि छात्राहरुले आफूहरुलाई सुरक्षित महसुश गर्ने विश्वास समेत व्यक्त गरे ।

छात्राहरुको आत्मबल बढाउनका लागि विशेष आयोजना गरेको सो तालिम तथा प्रशिक्षण तीन महिने सम्म सञ्चालन हुने सामाजिक विकास डिभिजन कार्यालय भैरहवाले जनाएको छ ।  खबर एजुकेशन

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया