श्रावण ६, २०८२ मंगलबार July 22, 2025

देशभर समानान्तर कमिटी ब्युँताउने नेपाल-खनालको घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं: नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पार्टी सदस्यबाट छ महिनासम्म निलम्बन गरेपछि मंगलबार आकस्मिक रुपमा राजधानीमा बसेको नेपाल-खनाल पक्षको स्थायी कमिटी बैठकले काउन्टर दिँदै  देशभर समानान्तर कमिटी ब्युँताउने निर्णय गरेको छ।

खनाल-नेपाल पक्षले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यसत्ताको दुरुपयोग गर्दै तानाशाही लाद्ने दुष्प्रयास भएको आरोप समेत लगाएको छ ।

बैठकले दुई नेताको कारवाहीलाई ओलीको स्वेच्छाचारिता र निरंकुश प्रवृतिको उत्कर्ष ठहर गर्दै कम्युनिस्ट आन्दोलन र एमालेलाई जोगाउन ओलीको प्रतिवाद गर्दै अघि बढ्ने निष्कर्ष निकालेको छ ।

त्यस्तै, ओलीको कारवाही व्यक्ति विशेष नभएर सिंगो समूहमाथिको कारवाही भएकाले त्यसको संस्थागत रुपमै विरोध गर्नुपर्ने भन्दै ११ नेताले संयुक्त वक्तव्य निकालेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
२०८२ श्रावण ६, मंगलबार
एमाले केन्द्रिय समिति बैठक आज पनि बस्दै
२०८२ श्रावण ६, मंगलबार
देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न, सबैभन्दा धेरै सुदूरपश्चिममा
२०८२ श्रावण ६, मंगलबार