काठमाण्डौंः मन्त्रिपरिषद बैठकले विज्ञापन बोर्डको अध्यक्षमा लक्ष्मण हुमागाँईलाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज शुक्रबार विहान बसेको मन्त्रिपरिषदको बैठकले हुमागाईँलाई चार वर्षका लागि बोर्डको अध्यक्ष नियुक्त गरेको हो ।
नेपाल टेलिभिजनका पूर्व महाप्रबन्धक हुमागाईँ खुला प्रतिस्पर्धाबाट छानिएका तीन जनामध्येबाट नियुक्त भएका हुन् । प्राधिकरणका सदस्यहरू यसअघि नै मन्त्रिस्तरीय निर्णयबाट नियुक्त भइसकेका छन् । अध्यक्षको नियुक्तिसँगै विज्ञापन बोर्डले अब पूर्णता पाएको छ ।
त्यसैगरी बैठकले राष्ट्रपति चुरे–तराई–मधेस संरक्षण विकास समितिको अध्यक्षमा डा. किरण पौडेललाई नियुक्त गरेको श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले जानकारी दिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया