काठमाडौंः नेकपा एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल समूहको स्थायी कमिटीको बैठक आज (शनिबार) पुनः बस्दै छ ।
काठमाडौंको कलंकीमा दिउँसो ३ बजे बस्ने बैठकमा केन्द्रदेखि स्थानीय तहसम्मै समानान्तर कमिटी बनाएर प्रशिक्षण‚ भेला‚ सम्मेलन लगायतका अभियान घोषणा गर्ने कार्यसूची रहेको बताईएको छ ।
शुक्रबार बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालसहित चार जना नेतालाई कारबाही गरेपछि अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको थियो ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेपाल–खनाल नेपाल समूहका नेताहरुलाई कारबाही गर्ने‚ पार्टी सदस्यबाटै निलम्बन गर्ने‚ जिम्मेवारी खोस्नेलगायतका गतिविधि गरेको भन्दै उक्त समूहले अभियान सुरु गर्न लागेको बताइएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया