काठमाडौंः नेकपा माओवादी केन्द्रको आज बिहान बोलाइएको स्थायी कमिटी बैठक स्थगित भएको छ ।
नयाँ सरकार गठन प्रक्रियाका बारेमा छलफल गर्न पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आईतबार बिहान ११ बजेपछि बोलाइएको बैठक स्थगित भएको नेता गणेश साहले जानकारी दिए ।
माओवादी केन्द्रका केही नेता काठमाडौं बाहिर भएकाले बैठक स्थगित भएको साहले जानकारी दिए ।
नेता शाहका अनुसार प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले समेत प्रधानमन्त्रीको राजीनामा माग गर्दै आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय गरेपछि माओवादी केन्द्रले पनि सरकारलाई दिएको समर्थन फिर्ताको निर्णय गर्न सक्ने बताईएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया