काठमाडौंः नेकपा एमालेको खनाल-नेपाल समूहले काठमाडौंमा समानान्तर कमिटी घोषणा गरेको छ । आइतबार बुद्धनगरस्थित एक पार्टी प्यालेसमा भएको कार्यक्रमबाट बसन्त मानन्धरको नेतृत्वमा जिल्ला कमिटी घोषणा गरेको हो ।
एमालेको काठमाडौं जिल्ला अध्यक्षमा प्रधानमन्त्री केपी शर्मा ओली समूहका कृष्ण राई रहेका छन्।
अध्यक्ष ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेताहरुलाई पार्टीबाट ६ महिनाका लागि निलम्बन गरेपछि खनाल-नेपाल समूहले समानान्तर कमिटी बनाउन शुरु गरेका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया