श्रावण ६, २०८२ मंगलबार July 22, 2025

माओबादी छाडेर एमाले पसेका टंक आङ्बोहाङको सांसद पद गयो – साधारण सदस्यबाटै निष्कासन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा माओवादी केन्द्रले टंक आङ्बोहाङलाई सांसद पद र साधारण सदस्यबाट निष्कासित गरेको छ । प्रदेश १ का सांसदसमेत रहेका आङबोहाङलाई दलको विधान बमोजिम गतिविधि गर्दै एमालेमा लागेको भन्दै माओवादी केन्द्रले कारबाही गरेको हो ।

आइतबार अध्यक्ष पुष्पकमल दाहालले पत्रमार्फत आङ्बोहाङले स्पष्टीकरण नदिएकाले प्रदेश सभा सदस्यको दल त्याग गरेको ठहर गरेको पनि दाहालले बताएका छन् । आङ्बोहाङले दल त्याग गरेको सूचना प्रदेशसभामा पेस गर्ने निर्णयसमेत गरिएको दाहालको पत्रमा उल्लेख छ ।

माओवादीका प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले एमालेमा गएर आर्थिक मामिला तथा योजनामन्त्री भएका टंक आङ्बोहाङलाई कारबाही गरेको पत्र सोमबार प्रदेशसभा सचिवालयमा दर्ता गराउने तयारी रहेको बताएका छन् ।

माओवादीका प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले एमालेमा गएर आर्थिक मामिला तथा योजनामन्त्री भएका टंक आङ्बोहाङलाई कारबाही गरेको पत्र सोमबार प्रदेशसभा सचिवालयमा दर्ता गराउने बताए । कारबाहीका लागि केन्द्रीय कमिटीमा सिफारिस गरिएको र सोमबार बैठक सुरु हुनुअगावै पत्र दर्ता गरिने उनले जानकारी दिए ।

माओवादीले पार्टी परिवर्तन गरेका लुम्बिनीका दुई प्रदेशसभा सदस्यलाई पदमुक्त गराउन प्रदेशसभा सचिवालयमा सिफारिस गरि सकेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्रीसँग चीनको अन्तरर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्षको भेट
२०८२ श्रावण ६, मंगलबार
गण्डकीका मुख्यमन्त्री पाण्डे एकसाताका लागि चीन प्रस्थान
२०८२ श्रावण ६, मंगलबार
श्रमिकको न्यूनतम पारिश्रमिकमा वृद्धि
२०८२ श्रावण ६, मंगलबार
गठबन्धन सरकार फरक मतबीचको साझा मतबाट सफल हुन्छ : महामन्त्री विश्वप्रकाश शर्मा
२०८२ श्रावण ६, मंगलबार
पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा फर्किन नहुने एमाले नेताहरूको धारणा
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रपतिबाट भू-ढकान नक्सा सार्वजनिकीकरण
२०८२ श्रावण ६, मंगलबार
ऊर्जामार्फत बिपीको सपना साकार पार्न लागेका छौं : ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ६, मंगलबार