असार २२, २०८२ आइतबार July 6, 2025

प्रतिनिधीसभाको बैठक अपरान्ह बस्दै (कार्यसूची)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रतिनिधीसभाको बैठक आज अपरान्ह बस्दै छ । नयाँबानेश्वरस्थित संघिय संसद भवनमा अपरान्ह १ बजेपछी बिहिबार बस्ने बैठकमा  प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशी आयोग र थारु आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

सचिवालयले आज सार्वजनिक गरेको कार्यसूचीअनुसार विकास तथा प्रविधि समितिका सभापति कल्याणीकुमारी खड्काले सूचना प्रविधि विधेयकसम्बन्धी प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ ।

त्यसैगरी, सो बैठकमा राष्ट्रिय सभाका पूर्वसांसद तथा पूर्व वाणिज्य तथा आपूर्ति राज्यमन्त्री ऐश्वर्यलाल प्रधानांगको निधनमा श्रद्धाञ्जलि व्यक्त गरिनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया