श्रावण ६, २०८२ मंगलबार July 22, 2025

सभामुखलाई प्रभावकारी भूमिका खेल्न सत्तापक्षको सुझाव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रतिनिधिसभाका गतिविधि र काम कारवाहीलाई प्रभावकारी तुल्याउन सभामुखको विशेष पहल र भूमिका आवश्यक रहेको बताएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा नेकपा (एमाले) का लालबाबु पण्डितले संसद् र संसदीय व्यवस्थामाथि प्रश्न उठ्छ भने सभामुखको भूमिकाप्रति पनि प्रश्न उठ्ने भएकाले प्रभावकारी भूमिका खेल्न सुझाव दिए ।

उनले भने, “प्रतिनिधिसभाको चालु सातौँ अधिवेशनका विधेयक अधिवेशन भएकाले मुलुक र जनताका सरोकारसँग सम्बन्धित पाँच दर्जनभन्दा बढी महत्वपूर्ण विधेयक लामो समयदेखि सदनमा अड्किएका छन्, यो अधिवेशनमा एउटा पनि विधेयक सदनले पास गर्छ कि गर्दैन भनी चासो र कौतुहलताकासाथ जनताले हेरिरहेको अवस्था छ ।”

जनताले आशा गरेका विधेयकलाई अघि बढाउन प्रधानमन्त्री, मन्त्री वा सांसद कसले रोकेको छ भनी प्रश्न गर्दै सांसद पण्डितले भने, “होइन भने एकतर्फीरूपमा संसद्लाई सरकारले काम दिएन भनियो भने पूर्वाग्रहभन्दाबाहेक अरु केही हुनेछैन ।”

सदनको कामलाई चुस्त र प्रभावकारी तुल्याउन सभामुखबाट पहलकदमीको खाँचो औँल्याउँदै उनले भने, “सरकार र सांसदलाई दोष दिएर उम्कन खोज्ने स्थिति हुनुहुन्न, सदनमा थाती विधेयक र प्रस्तावलाई अघि बढाउन आग्रह गर्न चाहन्छु ।”

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले जनता र राष्ट्रको आवश्यकता र प्राथमिकताको विषयमा केन्द्रित हुनुको साटो पुराना सडक र ठेक्कै नभएको आयोजनाको उद्घाटन र शिलान्यासमा ध्यान केन्द्रित गरेको आरोप लगाए। उनले भने, “सरकार बाटो र पुल उद्घाटन गर्न भ्याइनभ्याइमा छ, उद्घाटन र शिलान्यास हेर्दा यो अवधिमा जस्तो विकास निर्माण कहिल्यै भएको छैनजस्तो देखाउन खोजिएको छ, आयोजना ढिला भएकामा माफ माग्नुपर्नेमा एउटै आयोजनाको पटक–पटक उद्घाटन गरिएको छ ।”

राष्ट्रिय गौरवको तामाकोशी, द्र्रुतराजमार्ग, पश्चिमसेतीजस्ता आयोजना मेलम्चीजस्तो ढिलासुस्ती हुन नदिनका लागि पूर्वाधार क्षेत्रको विकासका लागि राष्ट्रिय क्षमता विकास गर्न सुझाव दिँदै उनले जनताको आवश्यकताका आधारमा होइन, खल्तीबाट आयोजना हाल्ने प्रवृत्ति रोक्न सल्लाह दिए ।

नेकपा (माओवादी केन्द्र)का देवेन्द्र पौडेलले सदनलाई बिजनेश नदिएर सदनका काम कारवाहीलाई रोक्ने काम नगर्न सरकारलाई सुझाव दिए। उनले भने, “संविधान निर्माणमा हालका सबै राजनीतिक दलको योगदान रहेकाले संविधानको मर्म र भावनाबारे आफूहरुलाई राम्रो ज्ञान छ, सदनका गतिविधिलाई रोक्नु भनेको लोकतन्त्र, राजनीतिक संस्कार र मूल्यमान्यताविपरीतको कार्य हो, जनताको भावनाअनुरुप सदनलाई अघि बढाइयोस् । अदालतको फैसलापछि प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्छ कि पर्दैन ।”

मुलुक र जनताको आवश्यकताका आधारमा प्राथमिकीकरण गरी योजना छनोट गरी त्यस्ता नीति र कार्यक्रमको ठिक ढङ्गले कार्यान्वयन गर्न सुझाव दिँदै उनले भने, “आयोजनालाई ठिक समयमा सम्पन्न गर्न अनुगमनको व्यवस्थासहित राम्रो गर्नेलाई पुरस्कृत गर्ने र नगर्नेलाई दण्ड गरियोस् विकास र समृद्धि अघि बढेको भाषण मात्र नगरियोस्। जसपाका लीलादेवी सिटौलाले भने, “कसैलाई काखा कसैलाई पाखा गरिने प्रवृत्तिले लोकतन्त्र बलियो हुन सक्दैन, पाँच वर्षका लागि जनताले दिएको विश्वासलाई अवज्ञा नगर्न र सक्नुहुन्न भने राजनीनामा दिनुस्, सरकार बनाउन संसद तयार छ ।”

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले काठमाडाैँ उपत्यकामा बढिरहेको अव्यवस्थित बसोबासलाई रोक्न प्रभावकारी कदम चल्न तथा म्यान्मारको विषयमा एकपक्षीय ढङ्गबाट मात्र नबुझ्न सरकारलाई सुझाव दिए। नेपाली कांग्रेसका सांसद मोहनप्रसाद पाण्डेले प्रमुख राजनीतिक दलका शीर्षनेतालाई आफ्नो मुलुक, जनता र लोकतन्त्रको पक्षमा आफनो सामथ्र्यलाई माथि उठाउँदै राजनीतिक निकासका लागि संसद्लाई उच्चतम सदुपयोग गरी अघि बढन सुझाव दिए।

नेकपा (एमाले) का महेश बस्नेतले राजनीतिक अस्थिरताका अनेकौँ बहसलाई जनताले गम्भीरताकासाथ हेरिरहेकाले तथ्यगत आधारमा मात्र धारणा राख्न प्रतिपक्षका सांसदलाई सुझाव दिए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेको सक्रिय राजनीतिमा फर्किएँ, पछि हट्दिनँ : पूर्वराष्ट्रपति भण्डारी
२०८२ श्रावण ६, मंगलबार
प्रधानमन्त्रीसँग चीनको अन्तरर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्षको भेट
२०८२ श्रावण ६, मंगलबार
गण्डकीका मुख्यमन्त्री पाण्डे एकसाताका लागि चीन प्रस्थान
२०८२ श्रावण ६, मंगलबार
श्रमिकको न्यूनतम पारिश्रमिकमा वृद्धि
२०८२ श्रावण ६, मंगलबार
गठबन्धन सरकार फरक मतबीचको साझा मतबाट सफल हुन्छ : महामन्त्री विश्वप्रकाश शर्मा
२०८२ श्रावण ६, मंगलबार
पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा फर्किन नहुने एमाले नेताहरूको धारणा
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रपतिबाट भू-ढकान नक्सा सार्वजनिकीकरण
२०८२ श्रावण ६, मंगलबार