श्रावण ६, २०८२ मंगलबार July 22, 2025

माओवादी केन्द्र प्रदेश २ को संसदीय दलको नेतामा साह चयन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा माओवादी केन्द्रले प्रदेश २ मा संसदीय दलका नेता, उपनेता र प्रमुख सचेतक चयन गरेको छ ।

दलको नेतामा भरतप्रसाद साह, उपनेतामा सांसद जगत प्रसाद यादव, प्रमुख सचेतकमा दिलिप साह र सचेतकमा रुबी कर्णलाई चयन गरेको नेकपा माओवादी केन्द्रले जनाएको छ ।
त्यसै गरी माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका चार नेतालाई २४ घण्टाभित्र स्पष्टीकरण सोध्ने निर्णय गरिएको दलका नेता साहले जानकारी दिनुभयो ।
काठमाडौँस्थित पार्टी कार्यालयमा बसेको बैठकले २४ घण्टामा जवाफ र पार्टीभित्र नफर्किए पार्टीबाट निष्कासन गरिने संसदीय दलका नेता साहले जानकारी दिनुभयो ।
संसदीय दलको नेताबाट हटाइएका प्रदेश सभाका सदस्य रामचन्द्र मण्डल, कुन्दन साह, ज्वाला साह र मो.समिर अन्सारी माओवादी केन्द्र छाडेर नेकपा एमालेमा गएपछि नयाँ नेता सहितका पदाधिकारीहरू चयन गरिइएको छ ।
प्रदेश २ मा माओवादी केन्द्रका ११ जना प्रदेश सभाका सदस्य रहेका छन् । सर्वोच्च अदालतले नेकपा एमाले तथा माओवादी केन्द्र रहने गरी फैसला गरेपछि अहिले त्यसको असर प्रदेश नंं २ मा पनि देखा परेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
उज्यालोको बाटोमा संघर्ष गर्नु नै बिपीको सम्मान हो : महामन्त्री थापा
२०८२ श्रावण ६, मंगलबार
मदन पुरस्कारका लागि सात पुस्तकको सूची सार्वजनिक
२०८२ श्रावण ६, मंगलबार
नेपाल स्वतन्त्र र स्वाधीन रहनुपर्छ भन्ने बिपी कोइरालाको स्पष्ट धारणा थियो : नेता सिटौला
२०८२ श्रावण ६, मंगलबार
प्रदेश सरकारले सप्तरीमा ट्याङ्करमार्फत खानेपानी वितरण गर्दै
२०८२ श्रावण ६, मंगलबार
भूकम्पपीडितका लागि स्थायी आवास र पुनर्निर्माणमा सरकार सशक्त ढंगले लागेको छ : गृहमन्त्री
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रिय सभा बैठक : तराईमा खानेपानी र सिँचाइको व्यवस्था गर्न सांसदहरूको माग
२०८२ श्रावण ६, मंगलबार
श्रीलङ्काले आपराधिक सम्बन्धमा प्रहरी प्रमुखलाई बर्खास्त गर्ने
२०८२ श्रावण ६, मंगलबार