असार २४, २०८२ मंगलबार July 8, 2025

विद्यार्थीमा कोरोना संक्रमण बढ्दै – १७ प्रतिशतभन्दा बढीमा संक्रमित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ भेरियन्टको कोरोना भाइरस नेपालमा पनि तीव्र गतिमा फैलिन थालेको भन्दै शैक्षिक संस्था बन्द गर्न सिसिएमसी लाई सिफारिस गरेको छ । विद्यालय खोल्दा संक्रमण फैलिने र अवस्था भयावह हुनसक्ने भन्दै बन्द गर्न सिफारिस गरेको हो ।

सहप्रवक्ता डा. समीर कुमार अधिकारीले विद्यार्थीमा बढ्दो कोरोनाको जोखिमलाई मध्यनजर गर्दै अहिले विद्यालय बन्द गरेर अनलाइनबाट सञ्चालन गर्न आग्रह गरेको बताए ।

‘बिहीबारको संक्रमणलाई मात्र हेर्ने हो भने १७ प्रतिशतभन्दा बढी बालबालिका संक्रमित भएका छन् । अहिले संक्रमण फैलिने ठाउँ विद्यालय देखिएको छ,’ डा. अधिकारीले भने, उनकाअनुसार तत्काल नै विद्यालय बन्द गरिएन भने अवस्था भयावह हुनसक्ने बताए ।

पछिल्लो समय १८ वर्षसम्मका उमेर समूहका विद्यार्थीमा संक्रमण बढ्दै गएको पाइएको छ । हालसम्म कुल संक्रमितमध्ये बालबालिकामा ७ प्रतिशत संक्रमण देखिएको छ ।

स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले लकडाउन गर्नुपर्ने अवस्थासम्म नपुग्नका लागि विद्यालय तथा कलेज बन्द गर्नुपर्ने बताउँदै आएका छन् । तर विद्यालय बन्द गर्नेबारेमा यसअघि नै कार्यढाँचा तयार पारिएकोले सम्बन्धित तहले नै निर्णय गर्न सक्ने शिक्षा मन्त्रालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया