काठमाण्डौंः नेपाली कांग्रेसको पदाधिकारी बैठक केही बेरमा बस्दैछ । आइतबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा आगामी १४ औं महाधिवेशनका विषयमा छलफल हुने कांग्रेस केन्द्रीय सदस्य डा. डिला संग्रौलाले जानकारी दिइन् ।
सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठन, सोमबार बस्ने केन्द्रीय कार्यसमिति बैठकका एजेण्डा र महाधिवेशनका विषयमा छलफल गर्न बैठक बोलाएका हुन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया