असार २४, २०८२ मंगलबार July 8, 2025

पठनपाठन प्रभावित हुनेगरी विद्यालय बन्द नगर्ने शिक्षा मन्त्रालयको निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले तत्काल विद्यालय बन्द नगर्ने भएको छ ।

सोमबार बिहान सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा बसेको बैठकले पठनपाठन प्रभावित हुनेगरी विद्यालय बन्द नगर्ने निष्कर्ष निकालेको हो ।

बैठकले स्वास्थ्य मापदण्ड लागू गरेर विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । शनिबार बसेको कोभिड संकट व्यवस्थापन समिति (सीसीएमसी)को बैठकले तीन साता विद्यालय बन्द गर्ने सरकारलाई प्रस्ताव गरेको थियो ।

उक्त प्रस्ताव मन्त्रिपरिषद्बाट पारित भएपछि मात्रै लागू हुनेछ । त्यस्तै स्वास्थ्य मन्त्रालयले पनि विद्यालय बन्द गरेर अनलाइनमार्फत कक्षा सञ्चालन गर्न सरकारलाई प्रस्ताव गरेको जनाएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया