असार २२, २०८२ आइतबार July 6, 2025

कारागारसम्बन्धी प्रतिवेदन पास – कारागारमा रहेका महिलालाई प्रजनन् अधिकारको व्यवस्था

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले कारागारसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनाइएको प्रतिवेदन पास गरेको छ ।

सिंहदरबारस्थित समितिको कार्यालयमा आज बसेको बैठकले उक्त प्रतिवेदन पास गरेको हो । प्रतिवेदनमा कारागारमा रहेका महिलालाई प्रजनन् अधिकारको व्यवस्था गर्ने नयाँ प्रावधान रहेको छ । कारागार व्यवस्थापन गर्ने जिम्मा प्रदेश सरकारलाई पनि दिने व्यवस्था रहेको छ ।

प्रतिवेदनमा कारागारमा रहेका बखत, बन्दीसँग सम्बन्धित मुद्दाको सुनुवाइका बखत वा अदालतबाट सोधपुछ गर्दा वा बयान लिँदा बन्दीलाई हतकडी नलगाउने व्यवस्था गरिएको छ ।

कसैले कुनै बन्दीविरुद्ध यौन दुव्र्यवहारसम्बन्धी कसूर गरेमा प्रचलित कानूनबमोजिम हुने सजायमा थप दुई वर्षसम्म कैद वा रु २० हजारसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको छ ।

समितिका सभापति शशि श्रेष्ठले ज्येष्ठ नागरिकलाई अन्य कुरामा कानूनी छुट भए पनि बालिका बलात्कार वा सामूहिक बलात्कारजस्ता जघन्य अपराधमा संलग्नलाई छुट दिन नसकिने प्रतिवेदनमा व्यवस्था गरिएको बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई संसदीय समितिको ५ दिने अल्टिमेटम
२०८२ असार २२, आइतबार
पूर्वराष्ट्रपति भण्डारी र बालेनबीच भेटवार्ता
२०८२ असार २२, आइतबार
राष्ट्रपति पौडेलद्वारा राष्ट्रिय तथा सैनिक सङ्ग्रहालयको अवलोकन
२०८२ असार २२, आइतबार
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइनेः प्रधानमन्त्री ओली
२०८२ असार २२, आइतबार
पोखरामा डेङ्गु रोकथामका लागि यस्तो छ तयारी
२०८२ असार २२, आइतबार
टेक्सासमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो, बेपत्ता बालिकाको खोजी
२०८२ असार २२, आइतबार
त्रिवि क्रिकेट मैदान किर्तिपुरमा कुर्सी जडान सुरु
२०८२ असार २२, आइतबार