जेठ ४, २०८१ शुक्रबार May 17, 2024

मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिन माओवादी केन्द्रको अपिल (विज्ञप्ती)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिन अपिल गरेको छ ।

बिहीबार विज्ञप्ति जारी गर्दै दलकी प्रमुख सचेतक सीता नेपालीले मुख्यमन्त्री शाहीको विश्वासको मतको प्रस्तावका पक्षमा मतदान गर्न सबै राजनीतिक दललाई अपिल गरेकी हुन् ।

कर्णाली प्रदेशसभाको सातौं अधिवेशन भोली (शुक्रबार) दिउँसो २ बजे बोलाइएको छ । प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिने कार्यतालिका तय भएको छ । चैत ५ गतेदेखि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ ।

३९ सदस्यीय प्रदेशसभामा माओवादीका १२, एमालेका २०, कांग्रेसका ६ र राप्रपाका १ जना सांसद छन् । वर्तमान सरकारको निरन्तरताका लागि मुख्यमन्त्रीलाई २० जना सांसदको समर्थन आवश्यक पर्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया