असार २९, २०८२ आइतबार July 13, 2025

सर्वदलीय बैठक बालुवाटारमा जारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक बालुवाटारमा सुरु भएकाे छ।

प्रधानमन्त्रीको सरकारी निवाश बालुवाटारमा ११३५ बजेबाट शुरु भएको बैठकमा प्रधानमन्त्री ओलीसहित प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, बरिष्ट नेता रामचन्द्र पौडेल र बालकृष्ण खाँड जसपाका नेता महन्थ ठाकुर र लक्ष्मणलाल कर्ण  मन्त्रीहरु ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, विष्णु पौडेल लगायत सहभागी छन्।

त्यस्तै बैठकमा राप्रपाका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, नेपाल मजदुर किसान पार्टीका सांसद् प्रेम सुवाल पनि सहभागी भएका छन्।

तर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका नेता माधवकुमार नेपाल पक्ष बैठकमा सहभागी छैन । जसपाका अध्यक्षद्वय डा. बाबुराम भट्टराई र उपेन्द्र यादव बैठकको निम्तो नआएको भन्दै हालसम्म बैठकमा पुगेका छैनन् ।

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा एमाले नेता माधब नेपाल केही समय अगाडी मात्रै कोटेश्वर स्थित चन्द्रलाल श्रेष्ठको घरमा भेटवार्ता गरेका थिए । प्रचण्डलाई सर्वदलीय बैठकको निम्तो नै नआएको दाहाल सचिवालय श्रोतले जनाएको छ।

पछिल्लो राजनीतिक परिवेश, बढ्दै गएको कोरोना भाइरसको महामारीसहितका विषयमा छलफल गर्नका लागि बालुवाटारमा बैठक बोलाइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

संसदमा प्रतिनिधित्व गर्ने सबै दलका नेताहरुलाई बैठकमा सहभागी हुन बोलाइएको छ । कोरोना भाइरसको महामारी नियन्त्रणका लागि गर्न सकिने प्रयास तथा राजनीतिक गतिरोध अन्त्यबारे छलफल हुने जनाइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपति पौडेलबाट आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको शुभकामना
२०८२ असार २९, आइतबार
आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती विविध कार्यक्रम गरी मनाँईदै
२०८२ असार २९, आइतबार
एकपटक मात्रै पनि ‘चेक बाउन्स’ भए अब सिधैं कालोसूचीमा
२०८२ असार २९, आइतबार
प्रधानमन्त्रीबाट दुई सयलाई जग्गा धनीपूर्जा वितरण
२०८२ असार २८, शनिबार
‘नेपालसँगको सम्बन्ध चीनको प्राथमिकतामा’ – झलनाथ खनाल
२०८२ असार २८, शनिबार
देशमा केही भएन भन्ने भाष्य गलत – यथार्थ नबुझी लहैलहैमा नलाग्न आग्रह : उपप्रधानमन्त्री सिंह
२०८२ असार २८, शनिबार
तीन सय ३६ विद्यार्थीलाई ‘मेयर छात्रवृत्ति’
२०८२ असार २८, शनिबार