असार २४, २०८२ मंगलबार July 8, 2025

रुपन्देहीका विद्यालय तत्काल बन्द नहुने, परीक्षाको तयारी थाल्न डिसीसीएमसीको आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः जिल्ला स्तरिय कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र (डिसीसीएमसी) रुपन्देहीले तत्काल विद्यालय बन्द नगर्ने निर्णय गरेको छ । आज बसेको बैठकले स्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालना गरेर विद्यालय संचालन गर्ने व्यवस्था मिलाउने निर्णय गरेको हो ।

साथै जिल्लाका सबै स्थानिय तहले आ–आफ्ना क्षेत्र भित्रका सबै विद्यालयहरुले स्वास्थ्य मापदण्डहरुको पूर्ण रुपमा पालना हुने गरी विद्यालय संचालन गर्ने व्यवस्था मिलाउने निर्णय गरेको एन- प्याब्सनका जिल्ला सचिव बाबुराम बञ्जाडेले जानकारी दिए ।

त्यसैगरी स्थानिय तहसँगको समन्वयमा विद्यालयमा शिक्षक र विद्यार्थी सुरक्षित रहेर शिक्षण सिकाईमा निरन्तरता दिदै वार्षिक परीक्षाको तयारी थाल्नु पर्ने निर्णय गरेको छ ।

डिसीसीएमसीका संयोजक तथा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बसेको बैठकमा रुपन्देहीका स्थानिय तहका प्रतिनिधी, सुरक्षा निकायका प्रमुख, स्वास्थ्य कार्यालय, संघ संस्थाका प्रतिनिधिहरुको सहभागीता थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया