श्रावण ८, २०८२ बिहिबार July 24, 2025

जसपामा सांसदको गणना सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः जनता समाजवादी पार्टी (जसपा) मा केपी शर्मा ओली नेतृत्वको सरकारसँग सत्तासाझेदारी गर्ने कि अन्य दलसँग भन्ने विवाद उत्कर्षमा पुगेका बेला दुवै पक्षबाट पार्टीका सांसद को कता लाग्छन् भन्ने गणना सुरु भएको छ। संघीय प्रतिनिधिसभामा जसपाका ३४ सांसद छन् । जसमध्ये दुई सांसद हरिनारायण रौनियार र रेशम चौधरी निलम्बित छन्।

बाँकी ३२ सांसदमध्ये पूर्वराष्ट्रिय जनता पार्टीबाट निर्वाचित १६ र पूर्वसमाजवादी पार्टीबाट निर्वाचित १६ जना छन्। गत वर्ष यी दुई पार्टी मिलेर जसपा बनेको हो । जसपाभित्रको दुई लाइन विवादमा पूर्वराजपा खेमाका केही सांसदले पूर्वसमाजवादीका अध्यक्ष उपेन्द्र यादव र पूर्वसमाजवादीका केही सांसदले पूर्वराजपाका अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुरलाई साथ दिएका छन्।

जसपामा यादव र ठाकुर दुवै अध्यक्ष छन्। ओलीसँग मिल्नुपर्छ भन्ने लाइनको नेतृत्व ठाकुरले र कुनै पनि अवस्थामा ओलीसँग मिल्नु हुँदैन भन्ने समूहको नेतृत्व यादवले गरेका छन्। पूर्वराजपा अध्यक्षमण्डलका ६ जनामध्ये महेन्द्र यादवले मात्र उपेन्द्रलाई साथ दिएका छन् । यसैगरी उपेन्द्रलाई जसपा संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई, नेताहरू राजेन्द्र श्रेष्ठ, रामसहाय यादव, रामबावु यादव, लिला सिटौलालगायतले साथ दिएका छन्। पार्टीका नेता सूर्यनारायण यादव र सुरेन्द्र यादव एक ठाउँमा छन्।

सुरेन्द्र संघीय परिषद् अध्यक्ष भट्टराइसँग निकट मानिन्छन् । पार्टीभित्र रेणु यादव, इस्तियाक राई र प्रदीप यादवको छुट्टै गुट छ। उनीहरू पूर्वसमाजवादीका भए पनि उपेन्द्रको पक्षमा खुलेका छैनन्। राईले आफू न उपेन्द्र पक्ष न महन्थ पक्षधर भएको बताए। ‘म न महन्थ ठाकुर पक्षको हुँ, न उपेन्द्र यादव पक्षको हुँ। पार्टी सामूहिक नेतृत्वमा चल्नुपर्छ भन्ने लाइनमा म छु’, राईले भने, ‘जसपा कुनै व्यक्ति विशेषको पार्टी होइन । पार्टी बनाउन सबैको योगदान उत्तिकै छ।’

पूर्वसमाजवादी संसदीय दलका प्रमुख सचेतक उमाशंकर अरगरैया, रुहीनाज र विमल श्रीवास्तवले पार्टीका माग पूरा गरे ओलीसँग मिल्न सकिने धारणा राख्दै आएका छन्। ‘यो भनेको घुमाउरो भाषाबाट महन्थलाई समर्थन हो’, पूर्वराजपाका एक नेताले भने। पूर्वसमाजवादीका समानुपातिक सांसद रेनुका गुरुङ पार्टी नेता अशोक राईसँग निकट मानिन्छिन्। गत वर्ष तत्कालीन समाजवादी पार्टी फुटाउन खोजेका रेणु यादव, विमल श्रीवास्तव, प्रदीप यादव, इस्तियाक राई ओलीसँग निकट रहेको एक नेताले बताए।

पूर्वराजपाका १६ सांसदमध्ये १५ जनाले ठाकुरलाई साथ दिएका छन्। ओली सरकारले जसपाका माग पूरा गरे सत्तासाझेदारी गर्न सकिने पूर्वराजपाका खेमाका सांसदले सार्वजनिक रूपमा बताउँदै आएका छन्। सांसद नरमाया ढकालले आफू ठाकुरको पक्षमा रहेको खुलेरै बताइन् । ‘पार्टीभित्र देखिएका दुुई धारमध्ये म ठाकुरजीको पक्षमा उभिएकी छु’, ढकालले भनिन्।

स्रोतका अनुसार पार्टीभित्र दुई लाइन विवाद यसरी बढ्दै गएको छ कि पूर्वराजपाका नेताहरू उनीहरूको पुरानो पार्टी कार्यालय बबरमहल र पूर्वसमाजवादीका नेता तथा कार्यकर्ता पुरानै कार्यालय बालकुमारी जाने गरेका छन्। ठाकुर धेरैजसो बबरमहलमै जाने गर्छन्। ठाकुर पार्टी शीर्ष तहको बैठकबाहेक अन्य अवस्थामा बालकुमारीमा नजाने पूर्वराजपाका एक नेताले बताए। प्रधानमन्त्रीसँग छलफल गर्नु परे भट्टराई र उपेन्द्र बालुवाटार जाँदैनन्। उनीहरू नेपाली कांग्रेस र माओवादी केन्द्रसँगको छलफलमा जान्छन्। प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनुपर्छ भन्ने लाइनमा भट्टराई र उपेन्द्र छन्। ठाकुरले भने आफू ओली सरकारको विरोधमा नभएको बताइसकेका छन्। प्रधानमन्त्रीसँग छलफल गर्नु परेमा ठाकुर र राजेन्द्र महतो बालुवाटार जान्छन्।  नागरिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चिकित्सक संघद्वारा सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न माग
२०८२ श्रावण ७, बुधबार
अमेरिकासँगको व्यापार वार्तामा ‘समन्वयलाई सुदृढ’ बनाउने चीनको भनाइ
२०८२ श्रावण ७, बुधबार
‘हनी ट्र्याप’मा पारी १४ लाख असुल्ने महिला पक्राउ
२०८२ श्रावण ७, बुधबार
चलचित्र ‘कोशेढुंगा’को तीज गीत सार्वजनिक, ४० देशमा एकसाथ प्रदर्शनको तयारी
२०८२ श्रावण ७, बुधबार
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार